NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

चट्याङ लागेर एकै गाउँका तीन महिलाको मृत्यु

चट्याङ लागेर एकै गाउँका तीन महिलाको मृत्यु

रौतहट । रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर एकै पटक तीन महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका- ३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा बिहान ७ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो ।चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ बर्षिया सुदनिया देवि, ७० बर्षिया जगिया कुमारी र १८ बर्षिया मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी वरुण सिंहले बताएका छन ।

मृतक मध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले जानकारी दिएका छन् । चट्याङ लागेर एउटै गाउँको एकैपटक तिनजनाको मृत्यु हुंदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ । खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा संगै रहेकी बर्ष ४० कि सैलिदेवी सामान्य घाइते तथा एक दर्जन बढी महिला चट्याङबाट प्रभावित भएको प्रहरीले जनाएको छ ।यसैबीच गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी प्रसाद कलवारले चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई किरिया खर्च बापत तत्काल २५ हजार र घाईते भएकाको उपचारमा लाग्ने सम्पुर्ण खर्च नगरपालिकाले बेहोर्ने घोषणा गरेका छन् ।

नगर प्रमुख कलवारलले घटनास्थलमा पुगेर पिडित परिवारलाई भेटि विपद् व्यवस्थापन समिति लगायत अन्य निकायहरुसँग कुरा गरे थप राहतको लागि तत्कालै गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले अस्पतालमा पुगि घाइतेको अवस्था बारे जानकारी लिदैँ घाइतेको उपचारमा कुनै कमी नगर्न निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0