NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

चिकित्सा शिक्षा आयोगका उपाध्‍यक्षको गाडीमा आक्रमण

चिकित्सा शिक्षा आयोगका उपाध्‍यक्षको गाडीमा आक्रमण

माघ १३
काठमाण्डाै : चिकित्सा शिक्षा आयोगका उपाध्‍यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको गाडीमा अज्ञात समूहले आक्रमण गरेको छ ।निवासबाट कार्यालय जाँदै गर्दा बिहीबार बिहान ११ बजे काँडाघारीमा अज्ञात समूहले ढुंगा प्रहार गरी आक्रमण गरेको आयोगले विज्ञप्ति प्रकाशन गरी जनाएको छ ।आक्रमणबाट गाडीको पछाडिको भागको सीसा फुटेको छ । उक्त आक्रमणको घटनाको आयोगले विरोध जनाउँदै संलग्‍नमाथि कारबाहीको माग गरेको छ ।विज्ञप्तिमा भनिएको छ, ‘ राष्ट्रिय चिकित्सा ऐन तथा नियमावलीको प्रावधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा यस प्रकारको जघन्‍य घटनाको आयोग घोर भर्त्सना गर्दछ । साथै उक्त कार्यमा संलग्न व्‍यक्ति/समूहको पहिचान गरी कडा भन्दा कडा कारबाही गर्न आयोग नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1