NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

चितवनमा जनता समाजवादीद्धारा उमेदवार छनौट

चितवनमा जनता समाजवादीद्धारा उमेदवार छनौट

रत्ननगर । जनता समाजवादी पार्टीले चितवनमा उमेदवार छनौट गरेको छ । मंसिर ४ गते हुने आम निर्वाचनको लागि जिल्लाका तीन वटै क्षेत्र र ६ वटा प्रदेश सभाको लागि उमेदवार छनौट गरेको हो ।

क्षेत्र नं १ मा प्रदेश कमिटी सचिव अजय निराला, क्षेत्र नं २ मा जिल्ला कोषाध्यक्ष मनोज पोखरेल र क्षेत्र नं ३ मा क्षेत्रीय अध्यक्ष महेन्द्र सातेलीलाई उमेदवार बनाउने निर्णय गरिएको प्रेम भूजेलले जानकारी दिए ।

प्रदेश सभा निर्वाचनको लागि चितवन क्षेत्र नं १ “क” मा सिर्जना श्रेष्ठ, “ख” मा भरत चौधरी, क्षेत्र नं २ “क” मा मीना गुरुङ, “ख” मा अमर लम्साल,क्षेत्र नं ३ “क” मा मानस लामा, “ख” मा आशिष अन्सारीलाई चयन गरिएको उनले बताए । उमेदवारहरुको नामावली जिल्ला समितिले प्रदेश समितिमा पठाएपछि केन्द्रीय समितिले फाइनल गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0