NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

चितवनमा मत पेटिकाहरू संकलन सकियो, सर्वदलीय बैठक बसेर गणना सुरू गर्ने

चितवनमा मत पेटिकाहरू संकलन सकियो, सर्वदलीय बैठक बसेर गणना सुरू गर्ने

चितवन । चितवन–२ का सबै केन्द्रहरूमा मतदान सकिएलगत्तै मत पेटिकाहरू गणनास्थल भरतपुर ल्याइएको छ । महानगरका सबै मतदानस्थल र केन्द्रबाट मत पेटिकाहरू संकलन भइसकेको चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वर आचार्यको भनाइ छ ।

टाढा रहेका कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाबाट पनि मत पेटिका राति १० बजेसम्म आइसक्ने सहायक निर्वाचन अधिकृत आचार्यले बताए । मत पेटिकाहरू संकलन सकिएपछि सर्वदलीय बैठक बसेर गणना सुरू गर्ने बारेमा निर्णय हुनेछ । उनका अनुसार आइतबार रातिबाटै मतगणना सुरू गर्ने कार्यालयको तयारी रहेको छ । चितवनमा कुल १ लाख २४ हजार ६९५ मतदाता रहेकोमा ७८ हजार २७७ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0