NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

चितवन-२ मा कांग्रेसका जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ता

चितवन-२ मा कांग्रेसका जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ता

चितवन — कांग्रेसका जितनारायण श्रेष्ठले चितवन-२ को उपनिर्वाचनका लागि सोमबार दिउँसो मनोनयन दर्ता गराएका छन् ।
श्रेष्ठलाई सत्तारूढ गठबन्धनका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र जसपासमेतको सहयोग छ । मनोनयन दर्ताअघि भरतपुर चौबीसकोठीमा कोणसभासमेत भएको थियो ।
कोणसभालाई कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री महालक्ष्मी उपाध्यायलगायतले सम्बोधन गरेका थिए । चौबीसकोठीबाट जुलुस लिएर उम्मेदवारी दर्ताका लागि भरतपुरको मुख्यनिर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । श्रेष्ठ कांग्रेस चितवनका पूर्व जिल्लासभापतिसमेत हुन् ।
चितवन-२ मा यसअघि रास्वपा सभापतिसमेत रहेका रवि लामिछानेले उम्मेदवारी दर्ता गरिसकेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0