NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

चुनाव सकिएको डेढ महिनापछि नेपाली कांग्रेसको समीक्षा बैठक

चुनाव सकिएको डेढ महिनापछि नेपाली कांग्रेसको समीक्षा बैठक

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । स्थानीय तह निर्वाचन सकिएको डेढ महिनापछि सभापति देउवाले बल्ल निर्वाचनको समीक्षा गर्न पार्टीको बैठक बोलाएका हुन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले असार २७ गते सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक बस्ने जानकारी दिए ।
सभापति देउवाले निर्वाचनको समीक्षा समेत समयमा नगरेको भन्दै नेता शेखर कोइराला समूहका नेताहरू अलग्गै बैठक बसिरहेका छन् । कोइराला समूहले अलग्गै बैठक बसेर केन्द्रीय समिति बैठकको माग गर्ने बुझेपछि देउवाले त्योभन्दा अगावै केन्द्रीय समिति बैठक बोलाएका हुन् । गएको चैत यता कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0