NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

चोभार सुख्खा बन्दरगाह पूर्ण सञ्चालनमा ल्याउन सरकार तयार : उद्योग मन्त्री बडू

चोभार सुख्खा बन्दरगाह पूर्ण सञ्चालनमा ल्याउन सरकार तयार : उद्योग मन्त्री बडू

असाढ २३ काठमाडौँ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले चोभार सुख्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनका लागि हाल देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । उनले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने आयात-निर्यात कार्यलाई सहज र सरल बनाई समय र लागत घटाउन सके व्यापारिक क्रियाकलापमा बढोत्तरि भई राजस्वसमेत बढ्ने अपेक्षा रहेको भन्दै अन्तरनिकाय समन्वयमार्फत निजी क्षेत्रले अघि सारेका माग र मुद्दा सम्बोधन गर्न आफू सकारात्मक रहेको बताए ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले बिहीबार सिंहदरबारमा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनेबारे सरोकारवालाहरूसँग गरेको छलफलमा मन्त्री बडूले वीरगन्जलगायत सीमा नाकाहरूमा विद्यमान रहेको कार्यबोझ घटाई चोभार सुख्खा बन्दरगाहलाई पूर्ण क्षमतामा चलाउन हाल देखिएका व्यवहारगत र नीतिगत समस्या समाधान गर्न सरकार तयार रहेको बताएका हुन् ।
उनले राजधानी नजिकै पर्याप्त र सुविधासम्पन्न व्यापार पूर्वाधारसहित बन्दरगाहमा आयात निर्यातमा निजी क्षेत्रको आकर्षण बढाउन र हाल देखिएका समस्या पहिचान गरी उपयुक्त सुझाव दिनका लागि सम्बद्ध पक्षको प्रतिनिधित्व रहने गरी अध्ययन समिति बनाउन निर्देशन दिए ।
यसअघि मन्त्री बडूले असार १३ गते चोभार सुख्खा बन्दरगाहको स्थलगत अवलोकनका क्रममा उद्योगी व्यवसायीसँग छलफल तथा अन्तरक्रिया गरी बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालन गर्न चाल्नुपर्ने कदम यथाशीघ्र सुरु गर्न व्यवस्थापन पक्षलाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0