NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

छात्रवृत्तिको विवरण पेश नगर्ने निजी विद्यालयहरूलाई काठमाडौँ महानगरपालिकाले गर्यो कारबाही

छात्रवृत्तिको विवरण पेश नगर्ने निजी विद्यालयहरूलाई काठमाडौँ महानगरपालिकाले गर्यो कारबाही

काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश नगर्ने निजी विद्यालयहरूलाई कारबाही गरेको छ । हालसम्म छात्रवृत्तिको विवरण पेश गर्ने महानगरभित्रका ३९ वटा निजी विद्यालयहरूलाई १ लाख रुपैयाँका दरले जरिवाना गरेको हो ।

महानगरभित्र रहेका ५०४ निजी विद्यालयहरूमध्ये ४६५ विद्यालयले मात्र छात्रवृत्ति प्रदान गरेको विवरण महानगरमा पेश गरेका छन् । ती मध्ये ३९ वटा हालसम्म पनि विवरण पेश नगरेको महानगरले जनाएको छ ।

विवरण पेश गर्ने विद्यालयहरूलाई जरिवाना गराएर पुनः अर्को मौका दिएको छ । त्यो समयमा समेत विवरण नबुझाएमा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने महानगरले जनाएको छ ।

काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था छ । सो नियमावलीको नियम ५८ मा व्यवस्था भए अनुसार विद्यालयले छात्रवृत्ति उपलब्ध गराएको विद्यार्थीहरूको नामावली सार्वजनिक गर्नुपर्छ । तर, निजी विद्यालयहरूले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको विवरण पेश गर्दैन थिए । त्यसपछि महानगरले २०८० वैशाख २४ गतेको परिपत्र र जेठ १० गतेको गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचना बमोजिम जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी जेठ १६ गते कार्यालय समयभित्र काठमाडौँ महानगरको शिक्षा विभागमा पेश गर्न सूचित गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0