NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

जउमनपा- १४ वाडाको अध्यक्षका लागि लछ्मण यादव प्रवल क्यान्डिडेट

जउमनपा- १४ वाडाको अध्यक्षका लागि लछ्मण यादव प्रवल क्यान्डिडेट

चैत २२ गते ।
जनकपुरधाम : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलबाट आवद्ध रहेको व्यक्तित्वहरुले स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्न थरीथरीका राजनीतिक हथकन्डा अपनाउने गरेको छ ।
यसैक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले गरेका बिकासका कामहरुप्रति सर्बसाधारण जनताहरुले असन्तुष्टि समेत व्यक्त गरेको अवस्था छ । देशभरी राजनीतिमा युवा सहभागिता र पुस्ता हस्तान्तरण गर्ने धर्ना व्यापक बढ्दै गरेकोले निर्वाचनमा विभिन्न युवाहरुले समेत रुचि देखाइरहेको छ ।
जनताले चाहेको काम नभएको गुनासोले नै जनप्रतिनिधि छान्ने क्रममा जनताले जनकपुरधाम उपमहानगरपालिकाको वडा नं.१४ को लागि समाज सेवामा विगत सात वर्ष देखि नै मुख्य भुमिका खेल्दै आएको युवा समाजसेवी लक्ष्मण यादवलाई आफ्नो वडाको अध्यक्षका लागि प्रबल क्यान्डिडेट मानेको छ ।

को हुन् यादव

२०४९ मा रजौल–१४ मै जन्म भएकोले जन्म र कर्म भुमि समेत वाड नं.१४ रहेको सीप र ज्ञान दुवैमा सक्षम ।
समाजसेवी रुपमा पहिंचान । बनाइ सकेको । जनप्रतिनिधिको काम र कर्तव्यको राम्रो बोध रहेको । युवा र नेतृत्वमा अग्रज भुमिका खेलेको ।
समाजमा राम्रो छवि बनाउन सफल रहेको छ । लक्ष्मन यादवले गरेको काम र उपलब्धिहरु परिक्रमा सडक खण्ड स्थित मिथिला विहारीको डोला आउने रजौल–बेगा जोडने बाटोलाई पटकपटक प्रदेश सरकारलाई ध्यानाकर्षण गराइ बाटो बनाउन प्रमुख भुमिका निर्वाह गरेको । लकडाउनको बेलामा असहाय व्यक्तित्वहरु लाई राहत पु¥याइ सहयोग गरेको ।

समाजिक कल्याणको लागि आफ्नो दाइत्व बुझी पर्यावरण क्षेत्रमा टेवा पु¥याउन जनकपुरधामका विभिन्न स्थानमा वृक्षारोपण,सरसफाइ गरि समाजिक कार्य गरेको । –वडाको गुनासो समस्या,सुझाव आदि संबंधित निकायलाई बोध गराएको । –प्रदेश सरकारको पोखरी तथा तलाउ सौन्दर्यिकरन,संरक्षण तथा सम्बर्द्धन कार्यबारे बृहतर जनकपुर विकास क्षेत्र परिशद, मुख्यमन्त्री, प्रदेश सरकार लगायत स्थानीय सरकारलाई ध्यानाकर्षण गराइ रहेको आदि । विजय पश्चात् स्वास्थ्य, शिक्षा, रोजगारी र कृषि लगायतका सम्पुर्ण विकासक्षेत्रमा प्रमुख भुमिका निर्वाह गर्ने अभियन्ता यादवको प्रतिबद्धता रहेको छ् । त्यहीकारणले आ–आफ्नो अमुल्य मत दिई अत्यधिक मतले विजय बनाउन यादवले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0