जनकपुरधाम कार्तिक १४ गते
जनकपुरका आन्तरिक राजश्व कार्यालय, आर्थिक वर्षको असोज मसान्तसम्ममा लक्ष्य भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले लक्ष्यमा २३२.३ प्रतिशतले प्रगति गरेको कार्यालयका प्रमुख एवं प्रमुख कर अधिकृत गजेन्द्र यादवले जनाएका हुन् ।
नेपाल सरकारले ४ महिनामा ६२ करोड ३१ लाख ४५ हजार राजश्व सङ्कलनका लागि लक्ष्य निर्धारण गरेकोमा कार्यालयले त्यस अवधिमा १ अर्ब ४४ करोड ७५ लाख ४२ हजार राजश्व सङ्कलन गरेको हो ।
उहाँले ७४ करोड बाँकी बक्यौता पनि कार्यालयले असुल उपर गरेको जनाए ।
यसका साथै कोरोनाको संक्रमण दरमा पनि व्यापक मात्रामा कमी आएको र आर्थिक गतिविधि बढेकाले राजश्व बुझाउनेको सङ्ख्या बढेको हुन सक्ने अनुमान कार्यालयले गरेको छ ।
कार्यालयमा जनशक्तिको अभाव भए पनि राजश्व सङ्कलन बढेर नेपालमा नै लक्ष्य भन्दा दोस्रो बढी राजश्व जनकपुर कार्यालयले सङ्कलन गरेको छ ।