
जनकपुरधाम। जनकपुरको प्रसिद्ध मन्दिर ( माता ) राजादेवीमा यसपाली पनि दुई दिन खोईच भराई कार्यक्रम हुने आयोजक समितिले जानकारी छ ।
प्राचीन मिथिलाका राजा जनककी कूलदेवी मानिएको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रत्येक वर्ष हुँदै आएको विशेष पूजा तथा अन्य कार्यक्रमहरु यसपाली पनि निरन्तरता दिइएको छ ।आयोजक महावीर युवा कमिटिका अध्यक्ष बलराम साहका अनुसार बोकाबली ९खँसी चढाउने कार्यक्रम० को लागि प्रति टाउको २०० रुपैयाँ रहेको बताए ।
गतवर्ष गुठी सँस्थानले खँसी चढाउने र त्यसको टाउको वापत लिँदै आएको प्रति खँसीको दर रु.२०० रुपैयाँ नै रहेको र यस वर्ष पनि २०० रुपैयाँ नै छन् । गुठी सँस्थानले बोकाबलीको लागि आवश्यक पर्ने रसिद काटने कार्य सुरु गरेको छ । राजदेवीमा असोज २६ गते मँगलबारका दिन माता राजदेवीको भव्य श्रृँगार गर्ने कार्यक्रम रहेको छ । पूजनविधी र तिथि अनुसार सप्तमी तिथिको दिन राजदेवीमा भव्य श्रृँगार गरिन्छ । जसमा सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक सँस्थान, मठ मन्दिरका प्रतिनीधिहरुको धेरै सख्याँमा उपस्थिति रहन्छ ।
कलेण्डर अनुसार यसपाली षष्ठी तिथि र सप्तमी तिथि एकैदिन परेको छ । सोही तिथिमा माता राजदेवीको भव्य श्रृँगारको कार्यक्रम रहेको छ । अहिले प्रत्येक दिन राजदेवी मन्दिरको प्राँगनमा जागरण, धार्मिकता र मौलिकताले भरिपूर्ण कार्यक्रमहरु हुँदै आएको छ । आयोजक महावीर युवा कमिटीका अध्यक्ष साहका अनुसार, राजदेवीमा प्रत्येक बर्षझैँ यसबर्ष पनि अष्टमी तिथिको दिन बोकाबली हुनेछ । साँझ ७ बजेदेखि सुरु हुने बोकाबलीको लागि अन्य व्यवस्थापन सुरु गरिएको हो ।
त्यसअघि राजदेवीमा प्रसाद चढाउने कार्य ९लड्डु चढाई० कार्यक्रम पनि अष्टमीको विहानैदेखि हुने जनाइएको छ । हुनतः प्रत्येक दिन नै प्रसाद चढने राजदेवीमा सप्तमीको राती १२ बजे अर्थात अष्टमीको बिहान १२ बजेदेखि भव्य र विशेष रुपले प्रसाद चढाउने मान्यता अनुसार हजारौँको सँख्यामा दर्शालुहरु आउने गरिन्छ । रातीदेखि नै लाईनमा लाग्ने हजारौ दर्शालुहरुको लड्डु चढाउनको लागि जनकपुरको मिल्स एरियासम्म करिब १ किलोमिटरभन्दा बढीको लाईन लागेको हुन्छ । प्रसाद चढाई अन्य दिन पनि हुने गर्छन् ।
राजदेवीमा गत बर्ष कोरोनाको कारण बोकाबली नहुने हल्लाकोबीच ८ हजार बढी बोकाबली भएको थियो । यसपाली बोकाबलीको सँख्या बढने अध्यक्ष साहले जानकारी दिए ।