NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

जनकपुरधामका मेयर साहले फोहर व्यवस्थापन नगरेको भन्दै वाडा अध्यक्षहरु सडकमै उत्रिए

जनकपुरधामका मेयर साहले फोहर व्यवस्थापन नगरेको भन्दै वाडा अध्यक्षहरु सडकमै उत्रिए

 

जनकपुरधाम, १४ कार्तिक ।
जनकपुरधाम उपमहानगरपालिकाको राजनीतिक नेतृत्वले फोहोर व्यवस्थापनमा हेलचेक्रयाइँ गरेको भन्दै आक्रोशित जनप्रतिनिधिहरूले नगरप्रमुख लालकिशोरविरुद्ध आन्दोलित भएका छन् । उनीहरूले दीपावली र छठजस्ता चाडबाडका बेलासमेत फोहोर व्यवस्थापन कार्य नगरिए नगरप्रमुख साहविरुद्ध जस्तोसुकै कदम चाल्न पछि नपर्ने बताए ।


आक्रोशित जनप्रतिनिधिहरू आइतबार बिहान जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख साहको घरअगाडि फोहोर थुपार्दै मेयर साहविरुद्ध सडकमा उत्रिएका हुन् ।  नगरप्रमुख साह अहिले जनकपुरधाममा छैनन् ।
वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले जनकपुरधाम उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहोर व्यवस्थापनलाई बेवास्ता गरिए जगरप्रमुख साहका विरुद्धमा जस्तोसुकै कदम उठाउन सक्ने चेतावनी दिए ।


जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष शत्रुधन साह, वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंह र वडा नम्बर ७ का अध्यक्ष जानकीराम लगायतका वडाध्यक्षहरू फोहोर व्यवस्थापनको माग गर्दै नगरप्रमुख साहको घरअगाडि धर्ना दिएका थिए ।

नगरप्रमुख साहको घर अगाडि फोहोर फ्याक्न नदिएपछि वडाअध्यक्षहरूले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयअगाडिको बाटो जाम गरेर धर्नामा बसेका थिए ।

फोहोर व्यवस्थापनका लागि नगरप्रमुख साहले चासो नदेखाएका, फोहोर व्यवस्थापनका लागि उपमहानगरले ट्याक्टरसम्म उपलब्ध नगराएको र जनताका समस्याप्रति ध्यान नदिई भ्रष्टाचारमा केन्द्रित भएको आरोप वडाअध्यक्षहरूले लगाएका छन् ।

वार्ड अध्यक्ष साहले भने मेयर साहले  चाडपर्वको बेला पोलमा बत्तीकोलागी ६ करौड एघार लाख रुपियाँ विनियोजन गरेपनी अहिलेसम्म पोलमा बत्ती लागेको छैन गुनासो पोखे  ।

जनकपुरधाम उपमहानगरका बासिन्दालाई आफ्ना घर सरसफाइक्रममा सडकछेउमा फोहोर थुपानुपर्ने बाध्यता छ । सडकछेउका फोहोर उपमहानगरले व्यवस्थापन नगर्दा विरोधस्वरुप नगरप्रमुखको घरअगाडि नै फोहोर थुपारेको वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0