NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

जनकपुरधामको राजदेवी मन्दिरमा यसवर्ष १४२४१ बोकावली प्रदान

जनकपुरधामको राजदेवी मन्दिरमा यसवर्ष १४२४१ बोकावली  प्रदान

जनकपुरधाम :  जनकपुरधामको मुख्य शक्तिपिठ माता राजदेवी मन्दिरमा बुधवार राती ८ बजेर १० मिनेटबाट सुरु भएको बोकावली बिहिवार बिहान ३ बजेर ३८ मिनेट सम्ममा सम्पन्न भएको छ । श्री राजदेवी मन्दिरको व्यवस्थापनको जिम्मेवार निकाय श्री महाविर युवा कमिटिका पुर्व महासचिव अजय गुप्ताका अनुसार सो समयावधीमा कुल १४ हजार २ सय ४१ बोकावली प्रदान गरिएको छ ।

माँ राजदेवीमा प्रत्येक वर्ष औसतमा १४ देखि १५ हजार बोकावली प्रदान हुने गरेको छ । गत वर्ष कोरोनाका कहरका कारण दशैं प्रभावित भएपछि गत वर्ष ८ हजार ८ सय ६६ बोकाबली प्रदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0