NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

जनकपुरधाममा सुविधासम्पन्न अस्पताल नहुंदा दिनमा २० देखि २५ जनासम्मको अन्यत्र रेफर हुंदै : इन्द्र कुमार रजक

जनकपुरधाममा सुविधासम्पन्न अस्पताल नहुंदा दिनमा २० देखि २५ जनासम्मको अन्यत्र रेफर हुंदै : इन्द्र कुमार रजक

मंसिर २ गते ।
जनकपुरधाम । जनकपुरधाममा सुविधासम्पन्न अस्पताल नहुंदा दैनिक जसो २० देखि २५ जनासम्मको अन्यत्र रेफर हुंदै आएको छ । अहिले जनकपुरधाममा प्रादेशिक अस्पतालमा अन्यको तुलनामा सुविधाहरु बढी छ तर राजनीतिक आशिर्वादमा हावी रहेका चिकित्सकहरुको बदनियतका कारण सुविधा अनुसारको उपचार हुने गरेको छैन ।
कमिशनको चक्करमा दलालहरुले जनकपुरकै निजी अस्पतालमा प्रादेशिक अस्पतालबाट पठाउने गर्दछन् । त्यहाँ बिरामी पठाउदा उपचार असम्भव भएमा हजारौं खर्च गराएर अन्यत्र रेफर गर्ने गरिन्छ । अहिले जनकपुरबाट बढी रेफर धरान वा काठमाडौं हुने गर्दछ । कममात्रामा भरतपुरमा हुने गरेको छ । अहिले जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी पनि हो । यहाँ अहिले शिक्षण अस्पतालको रुपमा जानकी शिक्षण अस्पताल पनि छ । तर त्यहाँ बारम्बार तलव सुविधाको नाममा हुने गरेको आन्दोलनका कारण विरामीलाई उपचारमा समस्या हुनेगरेपछि विरामी महँगो शुल्कमै भएपनि उपचार गराउन बाध्य हुने गरेका छन् । यही कारण जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालको बदनामी बढ््दो छ । जबकी त्यहाँको सुधारको लागि विकास समिति अनि मेसुपनि छन् । तर अस्पतालमा सुधारको काम गर्नेतिर ध्यान दिने गरेका छैनन् । जुन अत्यन्त दुखद रहेको छ । यस्तोमा अस्पतालको सेवा चुस्त राख्नको लागि प्रयास थाल्न अति आवश्यक देखिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0