जनकपुरधाम कार्तिक १४ गते ।
जनकपुरधाममा अहिले शान्तिको अवस्था छ । त्यही कारण जग्गाहरुको मूल्य अनमोल भएको छ । जनकपुरधाम प्रदेश २ को राजधानी भएसँगै यहाँको जग्गाको मूल्य आकासिएको छ । अहिले जग्गाको मूल्य मुख्य सडक वा चौकमा ४० लाख देखि १ करोडसम्मको धुर छ । त्यही कारण जनकपुरमा स्थायी रुपमा रहदै आएका पहाडे समुदायहरु जनकपुरको जग्गा बेचेर जनकपुरबाट पलायन हुने तयारीमै देखिएका छन् । अहिले जनकपुरधामको जग्गा ६ फिटे गल्लीमै पनि धुरको ७ देखि १० लाख सम्मको धुर छ । त्यस्ता ठाउँमा घर भएका पहाडे समुदाय जनकपुरको जग्गा बिक्री गर्दा काठमाडौं छेउछाउ,बिराटनगर वा अन्य क्षेत्रमा राम्रै ठाउँमा घर किन्न सकिने अनि केही रकम पनि बचत हुने भन्दै जाने गरेको देखिएको छ । जनकपुरधामको जग्गाको मूल्य आकर्षक नभएसम्म जनकपुरधाममै बस्छु भन्ने ति महानुभावहरु अहिले समुदाय नभएको कारण बताइरहेका छन् । आखिर पलायनको कारण के हो त्यस्वारेमा सरोकारवाला निकायले स्पष्टीकरण लिनुपर्ने सुझाव किशन साहको रहेको छ । त्यस्तै सुझाव इन्द्रेस चौधरी,जयकिशोर यादवको पनि रहेको छ । उनीहरुले पहाडे समुदायको पलायन रोक्नुपर्नेमा जोड दिएका छन् । बरु त्यस्को लागि आवश्यक छलफल हुनुपर्नेमा आफुहरुको जोड रहेको पनि बताइएको छ ।