NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर २३ मा पुनःमहाधिवेशनको मांग

जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर २३ मा पुनःमहाधिवेशनको मांग

मंसिर २ गते
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर २३ मा पुनःमहाधिवेशन गराउन सो वडाका नेपाली कांग्रेसका कार्यबाहक वडा अध्यक्ष रामानन्द चौधरीको माग रहेको छ ।
जनकपुराधाम उपमहानगरपालिका वार्ड नम्बर २३ मा कार्तिक २८ गते नेपाली काँग्रेसको सम्पन्न अधिवेशन एक पक्षीय रुपमा ने.काँ.का सभापती महेश शंकर गिरीको निर्देशनमा भएको बताउदै पुनः अधिवेशन हुनुपर्ने नेपाली काग्रेसका चौधरी सहित ७ जनाले नेपाली काग्रेसको जिल्ला निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीलाई पत्र बुझाएर निवेदन समेत दर्ता गराइसकेका छन् ।
जनकपुराधाम उपमहानगरपालिका वार्ड नम्बर २३ को सभापतिमा राघबेन्द्र साह,उप सभापतिमा ब्रहमदेब साह ,सचीवमा नरेश साहलगायत २३ जना पदाधिकारी मनोनित भइसकेका छन् । निर्वाचन पुनः हुनुपर्ने र कसैको दवाब वा धम्कीमा निर्वाचन हुन नहुने कार्यबाहक अध्यक्ष चौधरीको भनाई रहेको छ ।
यता निर्वाचित वडा सभापती राघवेन्द्र साहले वैधानिक रुपमा सो वडामा अधिवेशन भएकोले कुनै हालतमा परिवर्तन नहुने फोनमा बताए । उनले केही असन्तुष्ट व्यक्तिले गलत प्रचार प्रसार गरीरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0