NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १३ मा जसपाको वडा स्तरीय कार्यक्रम सम्मायोजन तथा कमिटि गठन

जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १३ मा जसपाको वडा स्तरीय कार्यक्रम सम्मायोजन तथा कमिटि गठन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १३ मा जनता समाजवादी पार्टी (जसपा) को वडा स्तरीय कार्यक्रम सम्मायोजन तथा कमिटि गठन भएको छ । वडाको फिल्डटोलमा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह र जसपाको नगर अध्यक्ष विष्णु देव साह र विशेष उपस्थितीमा कमिटि गठन गरिएको छ । जसपाको नेता रामाअशिष दासको अध्यक्षतामा भएको वडाको भेलामा अध्यक्षमा सगम लाल राउत , उपाध्यक्षमा अशेश्वर पासवान,सचीवमा भोला साह, कोषाध्यक्षमा चन्द्रकाल देवी लगायत २१ सदस्यीय टोल कमिटि गठन गरिएको छ ।
जसपाको वडा कमिटीमा कार्यक्रममा जनकपुरधाम उपमहानगर पालिकाका प्रमुख र जसपाको नगर अध्यक्ष जसपा एक रहेको बताउदै अगामि निर्वाचनमा कम्मर कसेर पार्टी र छाता छाप जिताउने अभियानमा लाग्नु पर्ने बताएका छन् ।
कार्यक्रममा जसपाको जिल्ला सदस्य पवन मण्डल जसपाको नगर उपाध्यक्ष अम्भु साहलगायत विभिन्न नेता तथा नेत्रीहरुको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0