NSW News

५ जेष्ठ २०८१, शनिबार
ENGLISH

जनकपुरधाम उप म.न.पा.वडा नं.७ को वडा अध्यक्ष १०० दिन मै झुठो बोल्न थाले १७२५ दिन अझै बाँकि ।

जनकपुरधाम उप म.न.पा.वडा नं.७ को वडा अध्यक्ष १०० दिन मै झुठो बोल्न थाले १७२५ दिन अझै बाँकि ।

भदौ २३ गते ।
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा न.७ को नव निर्वाचित वडा अध्यक्ष निरज साह आफ्नो कार्यकालको १०० दिनमा नै झुठो बोलि जनतालाई ढाटन र झुक्याउन थालेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा न.७ जानकीनगरमा रहेको एकमात्र सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधारकार्यकम अन्तर्गत निर्माण भएको कक्षा कोठा देखि लिएर माध्यमिक विद्यालयको रुपमा स्तरोन्नति भएको लाई आफुले गरेको दावी गरि जनता झुक्याउने र झुटो प्रचार गर्न थालेको छ ।
वर्षौं देखि श्री राम जानकी आधारभूत विद्यालय लाई मावि बनाउन पुर्व वडा अध्यक्षको अध्यक्षतामा सिफारिस भएको र प्रधानाध्यापक लट्टू साहको लगातार प्रयास बाट मा.वि मा स्तरोन्नति भएको विद्यालयलाई आफुले माध्यमिक विद्यालयको रुपमा स्तरोन्नति गराएको भन्दै आफ्नो सय दिने कार्यकालको विवरण फेसबुक मार्फत सार्वजानिक गरेका छन् । साथै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण भएको कक्षा कोठा पनि आफुले नै गराएको भन्दै सय दिने कार्यकालमा समेटेको छ ।
२०७८/७९ को बजेट बाट छुट्याइएको बिभिन्न कार्यक्रमहरु पनि आफुले नै गरेको भन्दै सय दिने कार्यकालको विवरण सार्वजनिक गरेको छ । वडा अध्यक्ष साहले जारी गरेको सय दिने कार्यकालको विवरण झुठो र जनता लाई झुक्याउन मात्र सार्वजनिक गरेको श्री राम जानकी आधारभूत विद्यालयका प्रधानाध्यापक लट्टू साहले फेसबुकमा स्टेट्स लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0