NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

जनकपुरधाम : वाडा अध्यक्ष साहले गरे नगर प्रमुख साहको पुतला दहन

जनकपुरधाम : वाडा अध्यक्ष साहले गरे नगर प्रमुख साहको पुतला दहन

मंसिर २० गते ।
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका  वाडा अध्यक्षले नगर प्रमुख  लालकिशोर साहको पुत्ला दहन गरिएको छ । विवाह पञ्चमीमा अवसरमा जानकी मन्दिर क्षेत्रमा मात्र सरसफाई गरेको भन्दै नगर प्रमुख साहको पुत्ला जलाइएको हो ।

विवाह पञ्चमीमा डोला बारह्विघा लग्ने बाटो समेत सरसफाई नगरेकाले मेयर साहको पुत्ला जलाएको जनकपुरधाम उपमहानगरपालिका ७ का वडाध्यक्ष जानकीराम साहले बताए । उनले मेयर साहले सरसफाई गरेको भनेर नौटंकी मात्र गरेको आरोप लगाए । उनले भने– एउटा, दुईटा चोक सफा गरेर हुँदैन । पुरा जनकपुरधाम सरसफाई गर्नुपर्छ ।

मेयर साहको पुत्ला जलाउने बेला वडाध्यक्ष साहले धार्मिक ऐतिहासिक नगरी जनकपुरधामलाई नरकपुर बन्नबाट बचाउ उल्लेखित व्यानर बोकेका थिए । उनीसहितका जनप्रतिनिधिहरु यसअघि पनि पटक पटक सरसफाईको विषयलाई लिएर मेयर साहको विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0