जनकपुरधाम :जनकपुरधाममा स्थानीयले एक गणकलाई लखेटेका छन् । जनगणनामा गणकले आफुखुशी विवरण टिप्दै गरेको भन्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ को रानीबजारमा स्थानीयले गणकलाई लखेटेका हुन् ।
गणकले फारममा धर्म नै उल्लेख नगरी आफूखुसी घरमा लगेर फारम भर्ने बताएपछि स्थानीयले गणक आलोक देव साहलाई लखेटेर भगाएका छन् ।
गणक आलोक देव आज घरदैलोमा गणना गर्न पुगेको बेला फारममा सबैकुरा उल्लेख गरेपनि जाती र धर्ममा स्पष्ट उल्लेख नगर्दा लफड़ा सुरु भएको थियो ।
गणकले समय अभाव र धेरै स्थान जानूपर्ने भएकोले घरमैं गएर लेख्ने बताएका थिए । गणकको जबाफ पछि स्थानीयले गणकलाई समातेर प्रहरीलाई बोलाएका थिए ।
स्थानीय प्रहरी आएरपनि कुनै कारवाही नगर्दा आक्रोशित बनेका जनकपुरधाम–१३ का बासिन्दाले गणकलाई लखेटेर भगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1