NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

जनकपुरबाट अनलाइन ठगीमा संलग्न २३ जना पक्राउ

जनकपुरबाट अनलाइन ठगीमा संलग्न २३ जना पक्राउ

जनकपुरधाम ।
अनलाइन ठगीमा संलग्न २३ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ९ युवती छन् ।
जनकपुरधामको पीडारी चोकमा फ्लाइट भाडामा लिएर अफिस खडा गरी ठगी धन्दा चलाइरहेको विशेष सूचनाको आधारमा धनुषा प्रहरीले छापा मारेर आज साँझ २३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरु ३० वर्ष मुनिका यूवा युवतीहरु छन् । उनीहरुको साथबाट कम्प्यूटर र ल्याप्टपहरु समेत बरामद भएको छ । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय लगिएको छ ।
अनलाइनबाट सर्वसधारणलाई कसरी ठगि गरिरहेका थिए भन्ने विषयमा अनुसन्धान सुरु गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0