जनकपुरधाम । बडादशैंको मुख्यदिन आज जनकपुरधाममा लंकादहन तथा रावणबद्ध गरिएको छ ।
गंगासागर र धनुषसागर पोखरीलाई जोड्ने पुलमाथि प्रतिकात्मक रुपले निर्माण गरिएको लंकाको दहन तथा रावणको बद्ध गरिएको हो ।
स्थानीय महावीर युवा कमिटीले विगत ८ बर्षदेखि विजयादशमीका दिन गर्दै आएको रावणबद्ध यस वर्ष राम मन्दिरका मुख्य पुजारी राम गिरीले गरेका छन् । उनले प्रतिकात्मक रुपले बनाइएको ५२ फिटको रावण, मेघनाथ र कुम्भकर्णको पुत्ला जलाएका छन् ।
हरेक वर्ष जनकपुरधाममा विशेष हर्षोल्लासका साथ रावणबद्ध गरिँदै आएको छ । १४ वर्षे वनवासपछि रावणसँग युद्धमा भगवान् रामले असत्यमाथि विजय प्राप्त गर्दै आफ्नी पत्नी सितालाई रावणको कब्जाबाट मुक्त गर्न सफल भएका थिए । सोही खुशियालीमा जनकपुरधाममा विजयादशमीको दिन रावणबद्धका लागि विशेष कार्यक्रमको आयोजन हुँदै आएको छ ।
कार्यक्रम हेर्न जनकपुरधाम र वरिपरिका गाउँघरबाट हजारौंको संख्यामा सर्वसाधारको भीड लागेको थियो । रावणबद्ध पश्चात जनकपुरधामस्थित राजदेवी मन्दिरमा महाप्रसाद समेत वितरण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1