कात्तिक ७ गते।
जनकपुरधाम : जनकपुरधाम उपमहा नगरपालिकामा बजार क्षेत्रमा जथाभाबि छाडाचौपाया छोडिएका र घर पालुवा जनाबरलाई नियन्त्रण गर्न नसके पछि यात्रु र स्थानियबासिहरु परेशानि भोग्न बाध्य भएका हन् ।
सडकमा जतात्यतै छाडा चौपायाको कारणले दुर्घटनाको सम्भावना बढी भएको छ । जनकपुरमा सडक विस्तार भएसंगै सवारी सधान अत्याधिक स्पिड चलाउनेहरुको अहिले प्रतिस्पर्धा रहेका छन् ।
अर्को तर्फ दिनप्रतिदिन नगर क्षेत्रमा थपिदै आएको सवारी सधानको कारणले समेत जनकपुरमा अहिले छाडा चौपायाले समस्या सृजना गरिरहेका समावसेवी सरोज मिश्रले बताए ।
नगर क्षेत्र भित्र छाडा छाडिएका घर पालुवा जनाबरहरुलाई नगरपालिकाले पक्रेर थुन्ने र जरिबाना गर्ने निर्णय गरेको बर्षौ भइसक्दा पनि कार्यन्वयन हुन नसकेको ले जनाबरहरुले स्थानियबासि लाई सताउनुका साथै पैदल हिडने बटुवा र सबारी साधनहरुको दुर्धटना समेत बढन थालेका हो ।
नगरपालिकाले छाडा चोपाया नियन्त्रण गर्नको लागि कुनै प्रकारको पहल नगरेको हुदा पशुधनिहरुले दुध दुहने बेलामा गाईहरु घर लान्छ र दुध दिइसके पछि फुकालेर सडकमा छाडा छोडिदिने चलन बढदै गएको छन् ।
स्थानियबासिन्दाको गुनासोको अधारमा जनाबर पक्राउ गरि पशुधनिलाई जरिबाना गराउने उदेश्यका साथ नगरपालिकाले लाखौ रुपैया खर्चेर निर्माण गरेको कान्जी हाउस काम न काजको भएको मिश्रले गुनासो पोखेका हुन् ।