NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

जनकपुर क्षेत्रका बोर्डिङ्ग स्कूलको शिक्षा स्तर शिक्षकहरुको तलवमा ढिलाई गर्ने गरेको कारण खस्कदो

जनकपुर क्षेत्रका बोर्डिङ्ग स्कूलको शिक्षा स्तर शिक्षकहरुको तलवमा ढिलाई गर्ने गरेको कारण खस्कदो

 

बैशाख ७ गते ।
जनकपुरधाम : आजभन्दा १५ वर्ष अघिसम्म जनकपुर क्षेत्रको शिक्षा भरपर्दो थियो । त्यस्कारण स्थानियहरु यतै शिक्षा पुरा गर्नमा थिए । अहिलेभने यस क्षेत्रमा संचालित बोर्डिङ्ग स्कूलका संचालकहरु शिक्षाको व्यापारमा मात्रै केन्द्रित रहेको कारण शैक्षिक स्तर खस्केको पाइएको छ । हुनत शिक्षाको नाममा विभिन्न आकर्षक प्रचार प्रसार गर्ने काम हुन्छ । तर वास्तविकता भने फरक हुन्छ । जुन विद्यार्थी भर्ना गरेपछि मात्र थाहा हुन्छ ।
अहिले जनकपुरमै मासिक १० हजार बढीसम्म शुल्क असुल्ने गरी शैक्षिक व्यापारको थालनी भएको छ । तडकभडकको साथ तिनीहरुले प्रचारप्रसार गरेका हुन्छन् ।
आजभन्दा १५ वर्ष अघि त्यहाँ पढ्ने विद्यार्थीलाई टिउशन नपढाउदा पनि हुनेगरेकोमो अहिले थप शुल्क तिरेर टिउशन पढाउनुपर्ने बाध्यता छ । ति स्कूलका संचालकहरुले व्यक्तिगत स्वार्थलाई मात्र ख्याल गर्ने तर स्कूलमा योगदान दिने शिक्षकहरुको तलव दिनमा ढिलाई गर्ने गरेको कारण पनि त्यहाँ अध्यापनरत शिक्षकहरु विकल्प खोजेर बाहिरीने गर्दछन् । अनि नयाँ अनुभव नभएका शिक्षक ल्याउने काम व्यापारीबाट हुन्छ । एक त शिक्षकहरुको तलव थोर त्यो पनि पाउन महिनौ कुर्नुपर्ने बाध्यता १ तलव दिनमा ढिलाई भएपछि हातमुख जोर्न समस्या भएको भन्दै बिचबिचमै अनुभवी शिक्षकहरुले काम छाड्न बाध्य हुनुपरेको अवस्था छ । बोर्डिङ्ग स्कूलले कमाउने नाममा टाई÷ बेल्ट, पोशाक, डायरी बिक्री अनि तोकेको स्टलबाटै किताव किन्न बाध्य बनाउने कार्य गर्दछन् । त्यति मात्र नभएर त्रैमासिक रुपमा परीक्षा संचालन गर्नेगर्दछन् ताकि विद्यार्थीहरुबाट शुल्क असुल्न सकियोस् । परीक्षा वापतको शुल्क पनि लिने गरिन्छ । मासिक शुल्क पनि सामान्य रुपमा पनि ५ हजार विद्यार्थीबाट लिने गरिन्छ । तरपनि योगदान दिनेहरुको मनोवल उकास्ने गरी कार्य हुंदैन । त्यही कारण पनि पढाउने अनुभव भएका शिक्षकहरु अन्यत्र जान बाध्य हुने गरेको अवस्था छ । शिक्षक तथा अन्य कर्मचारीले स्कूलको नियमको पूर्ण पालना गर्नुपर्छ तर स्कूलले तलवमा ढिलाई गर्दा पनि तलव माँग्न मिल्दैन । माँगेमा तलव नदिएर हटाउनेसम्मको काम हुन्छ । यस्कारण शैक्षिक माफियाको हातमा शिक्षा पुगेको स्पष्ट भएको छ ।
ति स्कूलहरुलाई साथ दिने काम नेपाल सरकारका कर्मचारीबाट हुन्छ । शिक्षा कार्यालयका कर्मचारीलाई पैसो खुवाएपछि पायक पर्नेगरी सेन्टर मिलाईदिने काम हुनेगर्दछ । यस्तो अवस्थाका कारण पनि शैक्षिक माफियालाई शैक्षिक स्तरमा मनपर्दी गर्न सजिलो भएको छ । यही कारण त्यस्ता माफियाहरु प्रचारमा केन्द्रित नभएर वास्तविकता बुझेर मात्र आ–आप्mनो सन्तानलाई भर्ना गर्न सुझाव दिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0