NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

जनकपुर रेल्वेमा पुर्व कर्मचारीले लगाएको ताला प्रहरीले तोडे

जनकपुर रेल्वेमा पुर्व कर्मचारीले लगाएको ताला प्रहरीले तोडे

माघ १७ गते ।
जनकपुरधाम : नेपाल रेल्वेको जनकपुरधामस्थित कार्यालयमा पूर्वकर्मचारीहरूले लगाएको ताला प्रहरीले तोडेका छन् ।

कुनै प्रक्रिया पूरा नगरी गुपचुप कर्मचारी भर्ना गरेकालाई हटाउनुपर्ने माग राखेर पूर्वकर्मचारीहरूले माघ १३ मा रेल्वे कार्यालयमा तालाबन्दी गरेर धर्ना बस्दै आएका थिए । तालाबन्दीका कारण चार दिनदेखि कार्यालयको कामकाज ठप्प थियो ।

रेल्वेका महाप्रबन्धक निरञ्जन झाले प्रहरीबाट कार्यालयको ताला तोड्न लगाएपछि आन्दोलित पूर्वकर्मचारीहरूले प्रशासनविरूद्ध प्रदर्शन गरेका छन् । कार्यालयको सुरक्षार्थ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

तत्कालीन रेल्वेका महाप्रबन्धक गुरु भट्टराईले ज्यालादारीमा नियुक्त गरेका कर्मचारीलाई हटाएर प्रक्रियाबिनै ६० जना नयाँ कर्मचारी नियुक्त गरेपछि महाप्रबन्धक झा विवादमा तानिएका छन् । राज्यले लगानी गरेर तालिमप्राप्त आफूहरूलाई हटाएको र घुस खाएर कर्मचारी नियुक्त गरेको भन्दै झालाई हटाउन आन्दोलनकारीको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0