NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

जनकपुर सहित आज देश भरी हनुमान जयन्ती मनाइदैं

जनकपुर सहित आज देश भरी हनुमान जयन्ती मनाइदैं

जनकपुरधाम, कार्तिक १७ गते ।
जनकपुरधाम आज रामदूत हनुमान जन्मको उपलक्ष्यमा मनाइने हनुमान जयन्ती जनकपुर लगायत देश भरीनै विभिन्न धार्मिक कार्यक्रम गरि मनाइदै छ । यसै अवसरमा जनकपुरधाममा मिथिलाञ्चल सांस्कृतिक कला परिषद्, नव मिथिला सांस्कृतिक समूह लगायतले हनुमान जयन्ती मनाइएको छन । यसै गरी जनकपुरधामको विभिन्न हनुमान मन्दिरमा हर्षाेउल्लासका साथ मनाइरहेका छन् । हनुमान जयन्तीको अवसरमा जनकपुरमा आज मिथिलाञ्चल सांस्कृतिक कला परिषद्ले नगरमा शोभा यात्रा निकालेका हुन ।

कला परिषद्ले जनकपुरको रेल्वे स्टेशनबाट निकालिएको शोभा यात्रा नगरको भानु चौक, शिव चौक,जनक चौक, राम चौक,महावीर चौक, लगायतको स्थानको परिक्रममा गरेको मिथिलाञ्चल सांस्कृतिक कला परिषद्का संचालक शम्भू साहले बताए । हनुमान जयन्तीको अवसरमा हनुमान मन्दिरहरुमा एका विहानै देखी हनुमान चालिसा, नित्य रामायण पाठ, बज्रग वाण, नित्य बेदम मन्त्र, हरुको उच्चारण गदै मनाइरहेका छन् । कला परिषद्ले प्रत्येक वर्ष हनुमान जयन्तीको अवसरमा शोभा यात्रा निकाल्ने गरेको हो ।
हनुमान जयन्तीको दिन मनाइने यो उत्सव हनुमान प्रशन्न हुने धार्मिक बिश्वास रहेको छ ।

रामायणका कथाहरु, पात्रहरु अनि घटनाक्रममा हनुमान सबैभन्दा लोकप्रीय, दयावान अनि शक्तिशाली पात्रकारुपमा हामिले सुन्न पाउछौ । हनुमान भन्ने वित्तिकै रामभक्त अनि वलवान भन्ने बुझिन्छ, हनुमानलाई वल र साहसको पर्यायका रुपमा अभिब्यक्त गरेको वाल्मीकी आँफैले लेखेका हनुमान रामायण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0