NSW News

६ असार २०८१, बुधबार
ENGLISH

जनकुरधाममा चाडपर्वको बेलामा पनि सडक बत्ति नलाग्दा स्थानीयहरु दुखित

जनकुरधाममा चाडपर्वको बेलामा पनि सडक बत्ति नलाग्दा स्थानीयहरु दुखित

 

कार्तिक १८ गते

किशन साह
जनकपुरधाम : जनकपुरधाममा सडक बत्ती नलाग्दा सर्वसाधारणमा अंध्यारोमा हिंड्न बाध्य हुनु परेको छ । जनकपुरधाम उपमहा नगरपालिका क्षेत्रभित्र सडक बत्ति अहिले सम्म लगाइएको छैन । यस्तोमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह दोषी रहेको सर्वसाधारणको भनाई रहेको छ । किनभने पर्याप्त बजेट सडक बत्तीका लागि भएपनि सडक बत्ती लगाइएको छैन । तर सडकवत्ती खर्च भने देखाउने गरिन्छ । सडक बत्तीको वारेमा मेयर साहसँग मोवाइलमै फोन सम्पर्क गर्दा फोन उठेन । दिपावलीको समयमा पनि सडक बत्ति नराखिदा सडक अध्यारो हुने गरेको छ । जबकि सडक बत्तिका लागि ६ करोंड ११ लाख बजेट छ्ट्याइएको छ ।

यतिरकम बजेट छुट्याइएको भएपनि सडकमा बत्ति नराखिनु चिन्ताको विषय बनेको छ । यसै सन्दर्भमा जनकपुरधाम उपमहा नगरपालिका वार्ड नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहले यतिको रकम सडक बत्तिका लागि छुट्याइएको भएपनि खर्च नगरिएपछि आप्mना वडाका केही स्थानहरुमा आप्mनै खर्चमा सडक बत्ति लगाइएको बताउनुभयो ।

यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ का स्थानीय रामअशिष दाससंग कुरा गर्दा बजेट भएपनि सडक बत्ति नलाग्नु दुःखद रहेको बताए । त्यसैगरी अर्का नेपाली काँग्रेस जनकपुरधाम उपमहा नगरपालिका वार्ड १३ का वडा सभापति जितेन्द्रकुमार राउतले चाडपर्वको समयमा पनि सडक बत्ति नलाग्नु र फोहर व्यवस्थापन पनि नहुनु जनकपुरधाम वासीका लागि दुःखद रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0