NSW News

६ असार २०८१, बुधबार
ENGLISH

जनक शिक्षाका प्रबन्ध निर्देशक झालाई अखिल (क्रान्तिकारी)का कार्यकर्ताले कार्यकक्षमा पुगेर दले कालोमोसो ।

जनक शिक्षाका प्रबन्ध निर्देशक झालाई अखिल (क्रान्तिकारी)का कार्यकर्ताले कार्यकक्षमा पुगेर दले कालोमोसो ।

काठमाडौँ — जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनीलकुमार झालाई अखिल (क्रान्तिकारी)का कार्यकर्ताहरूले कार्यालयमै प्रवेश गरेर दुर्व्यवहार गरेका छन् ।
देशभर नै सरकारी विद्यालयहरूमा पाठ्यपुस्तकको कृत्रिम अभाव गराएको र केन्द्रमा लामो समयदेखि भ्रष्टाचार गरेको आरोप लगाउँदै झालाई क्रान्तिकारीसम्बद्ध विद्यार्थी नेताले दुर्व्यवहार गरेका हुन् ।
क्रान्तिकारीले झामाथि कागज खरिदमा अनियमितता गरेको‚ निजी शैक्षिक संस्थासँग मिलेर केन्द्रलाई डुबाउन खोजेको र बालबालिकाको भविष्यमाथि खेलबाड गरेको आरोपसमेत लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0