NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

जनता समाजवादी पार्टीका सघिय परिषद सदस्य अजय निराला चितवन निर्वाचन क्षेत्र नम्बर( १) बाट प्रतिनिधि सभा सदस्य पदमा चुनाव लड्ने घोषणा

जनता समाजवादी पार्टीका सघिय परिषद सदस्य अजय निराला चितवन  निर्वाचन क्षेत्र नम्बर( १) बाट प्रतिनिधि सभा सदस्य पदमा चुनाव लड्ने घोषणा

जनता समाजवादी पार्टीका सघिय परिषद सदस्य अजय निराला चितवन निर्वाचन क्षेत्र नम्बर( १) बाट प्रतिनिधि सभा सदस्य पदमा चुनाव लड्ने घोषणा गरेका छन् ।
फोरम नेपाल देखि नै राजनीतिमा सक्रिय निराला मधेशी जनताको हक अधिकार सुनिश्चितताका लागि मधेश आन्दोलनमा अग्रपंक्तिमा रहेर सक्रिय भूमिका निर्वाह गरेका नेता निराला आन्दोलनको क्रममा पटक पटक मधेशी मोर्चाको नेतृत्व सम्हालेर सामाजिक विकास समेत छुट्टै पहिचान बनाउन सफल छन ।
फोरम नेपाल देखि नै बाट राजनीति शुरु गरेका नेता निरालाले २०६३ सालदेखि नै मधेशी सहितका उत्पीडित जातिसमुदायको पहिचान र अधिकार प्राप्तिको लडाईमा सक्रिय रुपमा भूमिका निर्वाह गरेका हुन । पार्टीको आग्रह र आम जनताको सुझावमा यस पटक आउंदो निर्वाचनमा प्रदेश सभामा चुनाव लड्ने तयारीमा जुटेका हुन ।
तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट अधिकार एवं पहिचानको लडाईमा बिरगंजमा पार्टी प्रवेश गरेका नेता निराला फोरम नेपाल चितवनको स्थापक जिल्ला अध्यक्ष देखि अहिले सघिय परिषद सदस्यको जिम्मेवारी सम्भालिसकेका निराला हाल जसपाको ।
२०६३ सालमा साधारण सदस्यबाट मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका नेता निरालाले सोही वर्ष पार्टीको सदस्य हुँदै २०६४ सालमा चितवन स्थापक जिल्ला अध्यक्ष भूमिका निर्वाह गर्दै पार्टीको निर्देशन अनुसार नेपालका प्रथम चितवनको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लडेका थिए ।

त्यसपछि उनी फड्को मार्दै २०६६ सालमा जिल्ला अध्यक्ष हुँदै २०६७ सालमा पटक जिम्मेवारी सम्भालेका थिए । दुई कार्यकाल जिल्ला अध्यक्षका जिम्मेवारी सम्हालेका निराला दोश्रो र तेश्रो मधेश आन्दोलनमा मधेशी मोर्चाको पटक पटक नेतृत्व लिएर आन्दोलनलाई उत्कर्षमा पुरयाउने सफल राजनीतिज्ञ हुन ।

पार्टीमा स्थापना कालदेखि नै सक्रिय भूमिका निर्वाह गरेका पार्टी संगठनलाई सुदृढिकरण र विस्तारमा समेत आफ्नो अहम भूमिका गर्दै सघिय परिषदको सफल कार्यकालपछि हाल उनी पार्टीका प्रदेश जिम्मेवारीमा छन । पार्टीले मात्र होइन क्षेत्रका आम जनमासबाट समेत उनीलाई प्रतिनिधि सभामा उम्मेदवार बन्न चौतर्फी आउन थालेपछि नेता निराला चितवनको क्षेत्र नम्बर (१) उम्मेदवारी दिने घोषणा गरेका हुन ।

पछिल्लो प्रतिनिधि सभा, संघ, प्रदेश र दुई/दुई पटक स्थानीय तहको निर्वाचनमा पाएको जिम्मेवारी अनुसार तात्कालिन संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीको गठबन्धन तथा जसपाबाट सबै भुमिका निर्वाह गरेका हुन पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नम्बर ९ बिश्रामपुर निवासी अहिले चितवनको रत्ननगरपालिका वडा नम्बर १ मा निवासी नेता निराला राजनीतिमा मात्र सफलता होइन सामाजिक तथा विकासको क्षेत्रमा पनि उतिकै योगदान पुरयाउन सफल व्यक्तित्व हुन । उनले भने अाफु शुरुदेखि अान्दोलननरत रहेको छु अाम जनताको विकासका निम्ति विभिन्न सामाजिक संघ सस्थाको सहयोगमा गराउदै नै अाएका छु, अब चाहि ती कामहरु सस्थागत रुपमा अझ बढी गराउन चुनाव लड्ने अाफू मनसाय बनाएको हु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0