NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

जनमतले निकाले रंगभेद विरुद्धको वृहत् र्‍याली

जनमतले निकाले रंगभेद विरुद्धको वृहत् र्‍याली

राजविराज, १० मंसिर ।
जनमत पार्टीका नेताकार्यकर्ताद्वारा राजविराजमा शुक्रबार रंगभेद विरुद्ध बृहत् प्रदर्शन गरेको छ । जनमत पार्टी सप्तरीको अान्दोलन समितिको अध्यक्ष अमर यादवकाे नेतृत्वमा रंगभेदी नीति विरुद्ध ¥याली प्रदर्शन गरिएको हो ।

जिल्ला सह-सचिव ऋषिकेश ठाकुरले जनकारी दिए अनुसार सप्तरी जिल्लाको राजविराज राजरंगशालाबाट निकालिएको बृहत विरोध ¥याली नगर परिक्रमा गरि जनआन्दोलन चौक (नेता चौक) मा कोण सभामा परिणत गरी कोण सभालाई सम्बोधन गर्दै नेताहरुले रंगको आधारमा भेदभाव स्वीकार नहुने बताए । जसमा महिला जनमत संघकाे जिल्ला संयाेजक रुपा मेहताकाे भनाइ अनुसार रंगको आधारमा नागरिकलाई सम्मान अधिकार र अवसरबाट वञ्चित गर्न खोजे शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।
अान्दोलन समितिको जिल्ला अध्यक्ष अमर यादवकाे अध्यक्षतामा आयोजित कोण सभालाई केन्द्रिय सदस्य सुरेन्द्र मधेसी, जिल्ला सह-सचिव शिवनन्दन मेहतालगायतले सम्मबाेधन गरेका थिए । कार्यक्रमको संचालन मन्जित यादव (मनोज)ले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0