NSW News

५ जेष्ठ २०८१, शनिबार
ENGLISH

जनमत पार्टीका कार्यकर्ताले मेयर सवार गाडी तोडफोड

जनमत पार्टीका कार्यकर्ताले मेयर सवार गाडी तोडफोड

 

माघ १२ गते ।
जनकपुरधाम : जनमत पार्टीका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी जनकपुरमा तोडफोड गरेका छन् ।

सो क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् । गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल थिए । उनीहरु राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधामको मधेश प्रदेश आउँदै थिए ।

त्यही बेला सिके राउतका कार्यकर्ताहरुले जनकपुर–४ मा गाडीको सिसा फुटाएका छन् । प्रदर्शनकारीको आक्रमणबाट मेयर प्रसाईंको कन्चटनेर चोट लागेको छ ।

जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानैदेखि जनकपुरधामका बिभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । उनीहरु मतदानस्थल प्रवेश गर्न खोज्दा प्रहरीले अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको थियो । त्यसपछि पनि प्रहरी र प्रदर्शनकारीबीच पटक पटक झडपका घटना भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0