NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

जनमत पार्टीद्धारा खानेपानीका प्रमुख कुशवाहालाई कालोमोसो र नगर प्रमुख फरार

जनमत पार्टीद्धारा खानेपानीका प्रमुख कुशवाहालाई कालोमोसो र नगर प्रमुख फरार

जनकपुरधाम कार्तिक ४

जनकपुरधाम : भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका कार्यालय प्रमुख राजेश कुशवाहालाई कालोमोसो गरेर नगर परिक्रमा गराइएको छ । जनमत पार्टीका कार्यकर्ताले प्रमुख कुशवाहालाई कालोमोसो र हिलो दलेर जनकपुरधाम नगर परिक्रमा गराएका हुन् ।

जनमत पार्टीले जनकपुर उपमहानगरपालिका मेयरलाई कालोमोसो र हिलो दलेर नगर परिक्रमा गराउने कार्यक्रम समेत राखेको थियो । तर, नगरप्रमुख भागेपछि खानेपानी कार्यालयका प्रमुखलाई नगर परिक्रमा गराएका हुन् । सोही क्रममा प्रहरीले एक दर्जन बढी कार्यकर्तालाई नियन्त्रण लिएको छ ।

जनमत पार्टीका केन्द्रीय सदस्य विपी शाहले खानेपानी आयोजनामा भ्रष्टाचार गरेकाले जनकारवाही गरिएको बताए । तराई मधेसमा भ्रष्टाचार व्यापक रूपमा बढिरहेको भन्दै त्यसलाई राज्यको तर्फबाट नियन्त्रण हुन नसकेपछि आफूहरू कारवाहीका लागि उत्रिएको उनको भनाइ छ ।

भ्रष्टाचारी र अत्याचारीका नाइकेहरू सप्तरी, धनुषा तथा सर्लाही लगायतका जिल्लातिर नै घुमिरहेको भन्दै उनले सबैलाई यसरी नै कारवाही गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0