NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

जनमत पार्टीले आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै जनकपुरमा निकाले सिठी जुलुस

जनमत पार्टीले आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै जनकपुरमा निकाले सिठी जुलुस

 

कार्तिक ८ गते ।

जनकपुरधाम : जनकपुरमा आज जनमत पार्टीले आफ्ना कार्यकर्ताको रिहा र पार्टीको केन्द्रीय सचिवालयमा आक्रमण गर्नेमाथि काराबहीको माग गर्दै सिठी जुलुस निकालेको छ ।

भ्रष्टाचारको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताहरुले गत बुधवार जनकपुरस्थित संघीय खानेपानी तथा ढल निकास आयोजनाका निमित प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारेर बजार घुमाएका थिए । सो क्रममा धन्षा प्रहरीले जनमत पार्टीका ६२ जनालाई कार्यकर्तालाई नियन्त्रनमा लिएका थिए । ६२ जना मध्ये ४५ जना कार्यकर्तालाई ब्धबार रातिनै साढे ८ बजे रिहा गरे र १७ जना माथी मुद्दा दायर भएका छन् ।

कार्यकर्तालाई रिहाइको माग गर्दै जनमत पार्टीले आइतबार ९ दिने आन्दोलनको घोषणा गरेको छ ।

सोही कार्यक्रमअन्तर्गत आज जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरमा जुलुस निकालेका हुन् । कार्यकर्ताको रिहाइ र केन्द्रीय सचिवालयमा आक्रमण गर्नेलाई कारबाही गर्न र भ्रष्टाचारविरुद्ध मधेसका सबै जिल्लामा सिठी जुलुस प्रदर्शन गरिएको पार्टीका केन्द्रीय उपमहासचिव इन्द्रजीत यादवले जानकारी दिए ।

जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भ्रष्टाचार र बेतिथिविरुद्ध सर्वपक्षीय जनआन्दोलन गर्ने निर्णय पनि गरेको थियो । जनआन्दोलनको तयारी स्वरुप आजबाट पहिलो चरणको आन्दोलन सुरु भएको जनमत पार्टीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1