NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

जनमत पार्टी द्वारा औरही गाउँपालिकामा सात दिनभित्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्न माग

जनमत पार्टी द्वारा औरही गाउँपालिकामा सात दिनभित्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्न माग

सम्वादाता गाैरी नारायण ठाकुर
पुष- २७
सिरहा

जनमत पार्टी द्वारा आज मङ्गलबार ज्ञापनपत्र मार्फत औरही गाउँपालिकालाई सात दिनभित्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्न माग गरेको छ ।

जनमत पार्टी औरही कमिटीले आज सामाजिक सुरक्षा भत्ता वितरणको मागसहित औरही गाउँपालिकामा ज्ञापनपत्र बुझाइएको छ । त्यसै गरि अन्य पालिकाहरूमा समेत ३ ,३ महिनामा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएपनि औरही गाउँपालिकाले ९ महिनासम्म भत्ता वितरण नगरेको ज्ञापनपत्रमा समेत उल्लेख गरिएको छ।

उता भत्ता नपाएपछि बृद्धबृद्धाले चिसो बाट बच्न समेत बन्चित भएको छ। जनमत पार्टीले औरही गाउँपालिकामा सात दिनभित्र भत्ता वितरण नगरिए कडा भन्दा कडा कदम चाल्ने चेतावनी समेत औरही गाउँपालिकालाई दिएको जनमत पार्टीका नेता दिपेन्द्र यादवले जानकारी दिनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0