
https://youtu.be/be7n0rUg5SQ
जनकपुरधाम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा गरेको छापामारीविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आइतबार प्रदर्शन गरेको छ । जसपाका नेता कार्यकर्ताहरूले जनकपुरधाममा मोटरसाईकल र्याली निकालेका हुन् ।
र्यालीमा गाउँ(गाउँबाट जसपाको सर्मथनमा मानिसहरू सहभागी भएका थिए । जसपा प्रदेश २ समितिले गरेको निर्णयअनुसार आठै जिल्लाको सदरमुकाममा मोरसाईकल र्याली निकालिएको हो । र्यालीमा वडादेखि केन्द्रसम्मको नेताहरूको सहभागिता थियो । अख्तियारलाई खबरदारी गर्नका लागि र्याली निकालिएको जसपाका धनुषा अध्यक्ष पशुपति यादवले बताए । मोटरसाइकल र्यालीमा सहभागीहरुले अख्तियार प्रमुख प्रेमकुमार राइको राजीनामा समेत मागेका हुन् ।
बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत प्रदेश सरकारले खरिद गरेको साइकलमा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि अख्तियारको टोलीले बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेका थियो । छापामार शैलीमा अख्तियारले छापा मारेको भन्दै त्यसको विरुद्धमा सत्तारुढ जसपा मधेस प्रदेश समितिले आह्वान गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत आज दोस्रो दिन मोटरसाइकल र्यालीमा निकालिएको छ ।
अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा छापा मारेपछि प्रमुख सत्तारुढ जसपाका नेताहरु आक्रोशित बनेका छन् । तर प्रदेश २ सरकारमै सहभागी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र भने मौन देखिएको छ ।