NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

जसपालाइ ठुलाे झड्का डा.कमोद निरालाद्वारा जसपा पार्टी परित्याग

जसपालाइ ठुलाे झड्का  डा.कमोद निरालाद्वारा जसपा पार्टी परित्याग

डा. कमाेद निरालाले आफु जसपा पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट अलग्गिएको घोषणा गर्नु भएकाे छ ।

आजबाट जसपा पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट अलग्गिएको घोषणा गर्नुभएकाे डा. निराला बिगतका दिनहरुमा २०६२/०६३ जनआन्दोलन देखि मधेसी जनाधिकार फोरम यात्रा हुदै पार्टीलाई मजबुत बनाउनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्दै संघिय समाजवादी पार्टीलाई क्षेत्र -३ मा हरिनारायण रौनियारलाई जिताउनमा भुमिका खेलेका थिए ।
डा. निराला अाज जनता समाजवादी पार्टी नेपाल सम्मको यात्रामा पुगे बिडम्बना कहा निर पुग्यो र चित नबुझेको कुरा आफ्नो नजिकको मान्छेलाई पद दिदा रहेछ्न जस्को योगदान हुन्छ उसलाई समान हुदैन जिल्ला सदस्य माग्दा नि कुनै निकायले नसुनेपछी पार्टी छाेडेकाे उहाले बताउनुभयाे ।
उहाले भन्नुभयाे : जिल्लाको सबै पदाधिकारीलाई समेत भने तर कुनै जिज्ञासा नदिएछि म अाजबाट स्वतन्त्र भए । आफ्नै घरमा मैले बास बस्न नपाएपछि त्यो घर छोडन बाध्य भए! अहिले सम्मको मेरो स्टाटसबाट कांग्रेस ,एमाले,अादि पार्टीका साथिहरुको चित दुखेको भए म हृदय देखि क्षेमा र नमन गर्दछु । आजसम्मको यो यात्रामा मलाई साथ दिनुहुने पार्टीका सबै अग्रज ब्यक्तित्वहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। ब्यक्तिगत रुपमा उपेन्द्र यादव सरलाई मेरो सदैव साथ , सपोर्ट र सम्मान रहिरहनेछ । यो मुलुक परिवर्तनको यात्रामा उपेन्द्र यादवले एकदिन देशको नेतृत्व लिएरै छाड्नु हुनेछ भन्ने कुरामा पनि म ढुक्क छु। अबको मेरो समय यो देशमा असल काम गर्नेहरु सबै प्रति समर्पित रहने छ र आफ्नो पेसामा समय दिन्छु राजनीति जनताको लागी होइन रहेछ यो एउटा ब्यापार हो । सबैको जय होस् , मंगल होस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
6
+1
1
+1
0
+1
0