NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

जसपालाई सप्तरीमा ठुलो झट्का गाउँपालिका अध्यक्ष यादव कांग्रेसमा प्रवेश

जसपालाई सप्तरीमा ठुलो झट्का गाउँपालिका अध्यक्ष यादव कांग्रेसमा प्रवेश

सप्तरी | सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्ष दीपक कुमार यादव जनता समाजवादी पार्टी (जसपा) छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार कांग्रेसको राजविराजस्थित कार्यालयमा आएर उनी कांग्रेस प्रवेश गरेका हुन् ।
तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित यादव पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) मा आबद्ध थिए । उनी जसपाका प्रदेश समिति सदस्य थिए ।
यादवलाई कांग्रेस केन्द्रीय सदस्य दिनेश यादव, जिल्ला सभापति रामदेव साह लगायतले पार्टी प्रवेश गराए ।
कार्यक्रममा महादेवा गाउँपालिका ३ का वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव, वडा नम्बर ८ का वडाअध्यक्ष कौशल कुमार दास, राजविराज नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष सुदर्शन सिंह पनि कांग्रेसमा प्रवेश गरेको जिल्ला उपसभापति रामकुमार यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0