NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

जसपा अध्यक्ष : उपेन्द्र यादवलाई नेपाली कांग्रेसको समर्थन ।

जसपा अध्यक्ष : उपेन्द्र यादवलाई नेपाली कांग्रेसको समर्थन ।

काठमाडौं ।
बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसले बारा २ मा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले उपचुनाव हुने तीन वटै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारी बनाउने गरी बारा २ मा यादवलाई समर्थन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।

बैठकले बारा, चितवन र तनहुँमा २०७९ को निर्वाचनमा भन्दा पहिला स्वतन्त्र उम्मेदवारी दिएका र अनुशासन उल्लंघन गरेको नेताहरुमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0