NSW News

५ बैशाख २०८१, बुधबार
ENGLISH

जुवा खालबाट ६ लाख ४१ हजारसहित ७ जना पक्राउ

जुवा खालबाट ६ लाख ४१ हजारसहित ७ जना पक्राउ

विराटनगर । प्रहरीले ६ लाख ४१ हजार नगदसहित सात जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार मोरङको ग्रामथान गाउँपालिका-४ कटहराबाट सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरू झापा, सुनसरी र मोरङका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार झापाको मेचीनगर नगरपालिका-६ का ५७ वर्षीय हरिसचन्द्र गिरी, दमक नगरपालिका-२ का ३६ वर्षीय निलम लिम्बू र सुनसरीको धरान उपमहानगरपालिका-६ का ४४ वर्षीय सन्तोष थापामगर, मोरङ ग्रामथान-५ का ५४ वर्षीय रूपेशकुमार तामाङ, ४७ वर्षीय सुरेशकुमार थारु, २८ वर्षीय रञ्जित साह र ग्रामथान-४ का ४७ वर्षीय सत्यनारायण राजवंशी जुवा खालबाट पक्राउ परेका छन् ।
साे स्थानमा एक वर्षदेखि नियमित जुवाको खाल सञ्चालन गरिएको सूचना पाए पनि यसअघि पटक-पटक प्रयास गर्दा प्रहरी असफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0