NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

जे.एस मुरारका बहुमुखी क्याम्पस लहानमा शान्तिपूर्ण निर्वाचन सम्पन्न

जे.एस मुरारका बहुमुखी क्याम्पस लहानमा शान्तिपूर्ण निर्वाचन सम्पन्न

जे.एस मुरारका बहुमुखी क्याम्पस लहानमा शान्तिपूर्ण निर्वाचन सम्पन्न
विसुनदेव सरदार,
लहान / ५ चैत ।

सिराहाको लहानमा रहेको नमुना कलेजको रुपमा जे.एस मुरारका बहुमुखी क्याम्पसमा आइतबार बिना कोलाहल शान्तिपूर्ण तरिकाले स्वतन्त्र विद्यार्थी युनियन ( स् .व. यु .) चुनाव सम्पन्न भएको छ। सुरक्षा व्यवस्था कडा भएपछि पुरै शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ।

आजको मतदानमा २२४९ जम्मा मतदाता रहेकोमा १३२७ जना विद्यार्थी मतदाताहरुले मतदान गरेका छन ।

प्रतिशतको आधारमा जम्मा ५९.२६% मत खसेको क्याम्पस प्रशासनको तर्फबाट सुजित कुमार चौधरीले जानकारी गराएका छन्।

यो सँगै ( स्व व यु) चुनावमा स्नातक वि.एड/ वि.वि.एस./ वि.एस्सी. र स्नातकोत्तर एम. ए/ एम. एड का छात्र छात्रा विद्यार्थीहरुले मतदान गरेका छन् ।

विभिन्न पार्टीका निकटका भातृ संगठनका कार्यकर्ताहरुले उम्मेदवारी दिइएका छन । समाजवादी विद्यार्थी संयुक्त गठबन्धन संघ/ जनमत पार्टीका विद्यार्थी जनमत संघ / नेकपा को तर्फबाट अनेरास्ववियु / नेपाली काङ्ग्रेस निकटका भातृ संगठन नेपाल विद्यार्थी संघ ( ने.वि.सं.) लगायतका पार्टीले चुनावी मैदानमा उत्रिएका छन्।

यो सँगै नेपाली काङ्ग्रेस निकटका भातृ संगठनका सभापति पदका उम्मेदवार रामकृष्ण यादव र सचिव पदका उम्मेदवार महेश साहका अनुसार हाम्रो नेपाल विद्यार्थी संघ ( नेविसंघ )
को जीत सुनिश्चित रहेको अग्रिम दाबी गरेका छन्।
वहाँहरुका अनुसार मतगणना कार्य भोलि सोमबार बिहान बाट हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0