NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

टिकटक बन्दकाेे माग गर्दै जनकपुरमा युवाहरूको प्रदर्शन

टिकटक बन्दकाेे माग गर्दै जनकपुरमा युवाहरूको प्रदर्शन

जनकपुर, २३ भदौ । नेपालमा टिकटक एप बन्द गर्नुपर्ने माग राखेर युवाहरुले आज मधेसको राजधानी जनकपुरधाममा प्रदर्शन गरेका छन् । जनकपुरधामको विभिन्न भागमा प्रदर्शनपछि युवाहरुको समूह मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउन मधेस भवन पुगेका थिए ।
तर मुख्यमन्त्री राउत कार्यालयमा नभेटेपछि कर्मचारीलाई ज्ञापन पत्र बुझाएको छ । टिकटकका कारण मधेसका चेलीबेटीहरु शारीरिक शोषणका सिकार हुने गरेको र यहाँका युवतीहरु आर्थिक प्रभावमा परेर आफ्नो गोप्य अंग देखाउने गरेकाले समाजमा विकृति बढेको भन्दै टिकटक बन्द गराउनुपर्ने युवाहरुको भनाई छ ‌‌।
कला प्रदर्शनीको बहानामा अश्लीलता, अभद्रता फैलिने क्रियाकलाप दिनानुदिन बढ्दै गइरहेको हुनाले नेपालमा टिकटकलाई प्रतिबन्ध लगाउनुपर्ने मुख्यमंत्री राउतलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । टिकटक बन्द गर्न सरकारले चासो नदेखाएको भन्दै दोस्रो चरणको आन्दोलन सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0