NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

डाक्टरहरूको वीरगन्जलगायत देशभरि नै विरोध प्रदर्शन

डाक्टरहरूको वीरगन्जलगायत देशभरि नै विरोध प्रदर्शन

डाक्टरहरूको वीरगन्जलगायत देशभरि नै विरोध प्रदर्शन

वीरगञ्ज । देशका विभिन्न स्थानहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मी माथि श्रंखलाबद्ध रुपमा आक्रमण गर्ने कार्यको वीरगञ्जमा समेत विरोध भएको छ ।राष्ट्रिय चिकित्सक महासंघ महाराजगंजको आहवानमा वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आज विरोध प्रदर्शन गरेका छन् । पछिल्लो समय काठमाण्डौँ, मकावनपुरलगायत मुलुकका विभिन्न अस्पतालहरुमा चिकित्सक कुट्ने तथा अभद्र व्यवहार गर्ने कार्य बढ्दै हुँदा सोको विरोधमा उनीहरु सडकमा उत्रिएका हुन् ।यसरी अस्पताल परिसरमै आएर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भइरहदा समेत सरकार गम्भीर नभएको भन्दै उनीहरुले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । आफूहरुको माग सम्बोधन नभएसम्म सम्पूर्ण कार्य ठप्प गर्न पनि उनीहरुको भनाई छ ।
कोभिड महामारीमा स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानको पर्वाह नगरी विरामीहरुलाई सेवा प्रदान गरेको भन्दै पछिल्लो समय अस्पतालहरुमा चिकित्सक माथि भइरहेको आक्रमणले स्वास्थ्य क्षेत्र असुरक्षित बन्दै गएको र भविष्यमा चिकीत्सकहरु पलायन हुने अवस्था आएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
उनीहरुले कार्यक्षेत्रमा सुरक्षाको प्रत्याभूती नभएसम्म आफूहरु काममा नफर्कने समेत बताएका छन् । अस्पतालका चिकित्सकहरुले विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बिरामीको ज्यान बचाउने चिकित्सकहरुमाथि नै आक्रमण गर्ने कार्य निन्दनीय रहेको र दोषी माथि कारवाही हुनुपर्ने बताए । उनले स्वास्थ्यसंस्था जस्तो संवेदनशील क्षेत्रमा कसैले कुनै किसिमको उछृंखल गतिविधि गरेमा आफूहरु जानकारी दिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0