म डाक्टर बन्नुको उद्देश्य नै यही हो । एउटी बिरामीले मलाई छोराको स्थान दिनुहुन्छ र मेरो लागि आमा बनेर अपार माया र आत्मबल बढाइदिनुहुन्छ भने मैले योभन्दा धेरै के अपेक्षा गर्नुपर्छ र ! यसबाट मलाई संसार जित्ने आत्मबल मिल्छ। हुन त म ज्यादै भावुक प्रवृतिको मानिस छु तर एउटी आमाको नयाॅ वर्षको विशेष दिन यसप्रकारको पत्र पाउॅदा ममा अलौकिक ऊर्जा र आत्मबल बढेको छ ! मद्वारा उपचार गरी निको भएकी एउटी आमाको शुभकामना पत्र डाक्टर छोरालाई :-
प्रिय छोरा ठाकुर !
नयाॅ वर्ष २०२३ को सुखद उपलक्षमा तिमीलाई सुख ,शान्ति, सुस्वास्थ्य , दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना छ! मलाई थाहा छ , तिमी यो क्षेत्रमा एक्लो छौ । तर तिमीलाई माया गर्ने तिम्रा वरिपरि असङ्ख्य शुभचिन्तक छन् । कहिलेकाही एक्लो फिल गरेर भावुक भएको पाउॅछु । आफ्नी जन्मदात्रृ आमा लगायत हामी सबै छौॅ त कसरी एक्लो ? अर्को एउटा कुराले खुसी लाग्छ , तिमीमा बलियो आत्मबल छ । जन्मदिने आमा अहिले तिम्रो संगै नभए पनि म बुझ्छु ।यसलाई कहिल्यै डगमगाउन नदिनू । तिमी ओच्छ्यानमा पल्टिएर पक्कै भोलि के होला अथवा भविष्यमा के कस्तो परिस्थिति सिर्जना होला भन्ने सोच्दछौ। तर हामीले वर्तमानलाई सपार्दै भविष्य सुनिश्चित बनाउने हो । भोलि के होला भनेर पिरोलिनु पर्दैन । मलाई थाहा छ, तिमी अति भावुक छौ । ससाना कुराले छुन्छ , अर्को कुरा मलाई के थाहा छ भने तिमी साहसी छौ ,कहिल्यै केही कुरामा गिभ अप गर्दैनौ । त्यो तिम्रो बलियो पक्ष हो । अबका दिनमा निरन्तर अघि बढ। सेवामुखी होऊ । मैले आज किन तिमी सम्बोधन गरेॅ थाहा छ ? मलाई भित्रैदेखि मैले नजन्माए पनि छोरो हो भन्ने आभाष हुन्छ जुन तिमीलाई पनि आभाष भएको छ। डा साब भनेर दर्जा दिन मेरो आत्माले दिदैन । यसलाई सहजै स्वीकारेकाछौ मलाई थाहा छ । म पनि तिमी जस्तै अझ बढी भावुक छु । छोरा , आमाभन्दा नजिक कोही हुदैन । जन्म दात्रृ आमालाई सधै खुसी राख्नू । परसेवामा सदा समर्पित हुनू ।
यो आमाबाट नया वर्षको उपलक्षमा यही शुभकामना छ !!!मेरो शुभाशिष तथा मुटुभरीको माया तिमीलाई छोरा 😍😍😍