NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

डुम समुदायका विधार्थीलाई अभिनेता हुसैनद्रारा सम्मान

डुम समुदायका विधार्थीलाई अभिनेता हुसैनद्रारा सम्मान

जनकपुरधाम, २४ असोज ।
चरम गरिबी, वन्चितीकरण, अभाव र अशिक्षाको समस्याबाट गुज्रिरहेको मुसहर र डोम समुदायबाट एसइई २०७७ उतीर्ण विधार्थीहरूलाई नेपाली सिनेमा एवम् रंगमञ्चका चर्चित अभिनेता नाजिर हुसेनले हिजो जनकपुरधाममा सम्मान गरेका छन् ।

भोरको नेतृत्वमा शक्तिहीनको सशक्तीकरण अभियान र नेपाल राष्ट्रिय मुसहर संघको आयोजनामा आयोजित एसइई २०७७ उतीर्ण मुसहर र डोम समुदायका विधार्थीलाई सम्मान तथा उच्चशिक्षा अध्य्यन गर्न सहयोग घोषणा समारोहमा शनिबार जनकपुरधाममा दुई सय १५ मुसहर र चारजना डोम समुदायका विधार्थीलाई सम्मान गरिएको थियो । शक्तिहीनको सशक्तीकरण अभियानका संयोजक अनुप माझीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा कलाकार नाजिर हुसेन प्रमुख अतिथि थिए ।

देशभरिबाट तीन सयभन्दा बढी मुसहर एवम् डोम समुदायका एसइई उतीर्ण विधार्थी तथा प्लस टु उतीर्ण, स्नातक र स्नातकोत्तर उतीर्ण विधार्थी तथा सरोकारवालाको सहभागिता रहेको समारोहलाई भोरका अध्यक्ष पचुलाल माझीले सञ्चालन गरेका थिए ।

[su_pullquote]मुसहरलगायत मधेसी दलित समुदायका अतिविपन्न र शिक्षाबाट वञ्चित बालबालिकालाई अपौचारिक शिक्षाको मूलधारमा ल्याउन भोरले सन् २०११ बाट देशभरका एसइई उतीर्ण मुसहर विधार्थीलाई एक स्थानमा ल्याई उनीहरूलाई सम्मान गर्ने र उच्च शिक्षा अध्य्यन गर्न छात्रवृत्ति तथा प्राविधिक सहयोग गर्ने कार्यको आरम्भ गरेको थियो ।[/su_pullquote]

मुसहरलगायत मधेसी दलित समुदायका अतिविपन्न र शिक्षाबाट वञ्चित बालबालिकालाई अपौचारिक शिक्षाको मूलधारमा ल्याउन भोरले सन् २०११ बाट देशभरका एसइई उतीर्ण मुसहर विधार्थीलाई एक स्थानमा ल्याई उनीहरूलाई सम्मान गर्ने र उच्च शिक्षा अध्य्यन गर्न छात्रवृत्ति तथा प्राविधिक सहयोग गर्ने कार्यको आरम्भ गरेको थियो ।

सोही कार्यका क्रममा यस वर्ष पनि सम्मान समारोह आयोजना गरिएको थियो । सन् २०११ मा सुरुवात गर्दा देशभरिबाट जम्मा दुईजना मुसहर विधार्थी एसइई उतीर्ण गरेका थिए र उनीहरूलाई सम्मान गरिए पश्चात् उच्चशिक्षा अध्य्यन गर्न भोरले छात्रवृत्ति तथा प्राविधिक सहयोग प्रदान गरेको थियो ।

सन् २०१२ मा पाँच जना, २०१३ मा सातजना, २०१४ मा नौजना, २०१५ मा ६१ जना, २०१६ मा ९२ जना, २०१७ मा १४८ जना, २०१८ मा १६६ जना, २०१९ मा १७२ जना र २०२० मा ५४ जना मुसहर विधार्थी देशभर एसइई उतीर्ण भएका र भोरद्वारा सम्मानित भएका थिए ।

कोभिड १९ महामारीका कारण सन् २०२० मा सम्मान समारोह तथा छात्रवृत्ति सहयोगको गति कम भएका कारण सन् २०२० मा मुसहर विधार्थीको सँख्या घटेको भोरको विश्लेशण रहेको भोरका कार्यकारी समिति सदस्य नित्यानन्द मण्डलले बताए ।

गत १० वर्षदेखि भोरको नेतृत्वमा स्थापित दिनाभद्री छात्रवृत्ति कोषबाट मुसहर समुदायका विधार्थीलाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरिँदै आएको भोरका कोषाध्यक्ष उमेशकुमार साहले जनाए । देश र विदेशका मनकारी व्यक्ति तथा संघसंस्थाहरूले दिनाभद्री छात्रवृत्ति कोषमा आर्थिक योगदान गर्दै आएका छन् ।

सन् २०२१ मा सम्मानित २१५ मुसहर एवम् ४ डोम समुदायबाट एसइई उतीर्ण विधाथीले आआप्mनो पायक पर्ने स्थानमा कक्षा ११ पढ्न कलेज र विषयको पहिचान गर्नेछन् र सो कलेजमा कक्षा ११ र १२ अध्य्यन गर्न कति फि कलेजलाई तिनुपर्ने हुन्छ र कलेजले कति छुट गरिदिन्छ, कलेजका कर्मचारी वा प्रमुखसित छलफल गरी निश्चित गरिनेछ ।

तत्पश्चात् विद्यार्थीले तिर्न नसक्ने न्यूनतम रकमको व्यवस्था भोरले दिनाभद्री छात्रवृत्ति कोषबाट गर्ने योजना रहेको भोरका महासचिव सरोजप्रसाद दुलालले जनाए ।

२१९ विधार्थीमध्ये अध्य्यन गर्ने मुसहर र डोम समुदायका विधार्थीलाई वास्तविक र न्यूनतम रूपमा आवश्यक रकमका लागि स्रोत जुटाउन दिानभद्री छात्रवृत्ति कोषमा सहयोग गरिदिन मनकारी व्यक्ति र संस्थालाई भोरले आग्रह गरेको भोरका संस्थापक राजकुमार महतोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0