NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

तराई मधेशमा धूमधामका साथ जितिया पर्व मनाइँदै

तराई मधेशमा धूमधामका साथ जितिया पर्व मनाइँदै

जनकपुर । सन्तानको दीर्घायु तथा समृद्धिको कामना गर्दै तराई मधेशमा यति बेला जितिया पर्व धूमधामका साथ मनाइँदै छ । मिथिलाञ्चलको लोक पर्व जितियाको आज मुख्य दिन हो ।तीन दिनसम्म मनाइने जितियाको आज दोस्रो दिन महिलाहरूले थुकसमेत ननिलीकन कठोर उपबास बस्ने गर्दछन् । बिहीबार महिलाले पोखरी, कुण्डलगायतका जलाशयमा नुहाएर घिरौँलाको पातमा खाने तेल र पिना चढाएका थिए ।

यस पर्वमा सन्तानको दीर्घायु तथा समृद्धिको कामनासहित पितृको सम्झनामा व्रतालुले महिलालाई नै चिउरा, दही, अमोटलगायतका सामग्री भोजन गराउने चलन छ । जितिया व्रत बस्नाले आपत् विपत् आइलाग्दा पनि सन्तानको जीवन सुरक्षित रहन्छ भन्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0