NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

तस्करीको लागि स्वणर्भूमि बन्दै सर्लाही

तस्करीको  लागि  स्वणर्भूमि बन्दै सर्लाही

मंसिर ३ गते ।
सर्लाही । तस्करीको लागि सर्लाही स्वणर्भूमि बन्दै गएको छ । भारत जोड्ने सर्लाहीका झन्डै सबै नाकाबाट निर्बाध तस्करी हुने गरेको देखिएको छ। सर्लाहीको बलरा लक्ष्मिपुर, सिमरा फेनहरा, बहादुरपुर, मलंगवाको झिम नदी किनार, त्रिभुवननगर र सग्रामपुर नाकाबाट साँझ परेपछि तस्करी व्यापक मात्रामा मौलाएको स्थानीयको भनाइ छ। दिनभर बन्द रहने ढाठ साँझ परेपछि तस्करीको लागि खुल्ने गरेको स्थानीयहरु बताउँछन्।
सुरक्षाकर्मीहरुको साँठगाँठमा सिमा वारिपारीको अबैध कारोवार फस्टाएको छ। द्वन्द्वको बहना देखाएर सुरक्षा खतरा भन्दै बन्द गरिएका जिल्लाका छोटी भन्सार कार्यालय अझैँ पनि सञ्चालनमा आएका छैनन् । एकाउन्न किलोमिटर भारतसँग पत्यक्ष खुला सीमा जोडिएको सर्लाहीमा सातवटा छोटी भन्सार कार्यालय थिए ।
मलङ्गवाबाहेक अहिले अरु छोटी भन्सार कार्यालय बन्द रहेका कारण साना व्यापारी मारमा परेका छन् । जिल्लाका साना व्यापारीले छोटी भन्सारको बाटो भएर सामान्य र सानो परिमाणमा सामान ल्याउनु पर्दा पनि भन्सार बुझाउन मुख्य भन्सार कार्यालयमै पुग्नुपर्ने बाध्यता छ भने त्यसको प्रत्यक्ष फाइदा तस्करले उठाइरहेका छन् ।जिल्लामा सातवटा छोटी भन्सार कार्यालय बन्द हुँदासमेत सरोकार निकाय मौन छ ।
भारतसँग खुल्ला सिमाना जोडिएको जिल्लाको ५१ किलोमिटरभित्र मलङ्गवासहित सङ्ग्रामपुर, पर्सा, त्रिभुवननगर, भाँडसर, फेन्हरा, बारा उद्योरण र बलरा छोटी भन्सार कार्यालय भए पनि ती अहिले बन्द छन् ।भन्सार कार्यलय बन्द हुँदा तस्करी मौलाएको र राजस्व पनि कम उठ्न थालेको जानकारले बताएका छन् । केही व्यापारी आफ्नो सामानको राजस्व तिर्न जिल्ला भन्सार कार्यालय नै पुग्ने गरेका भए पनि धेरैले राजस्व नतिर्ने गरेको पाइएको छ । पछिल्लो समयमा त्रिभुवननगर र बलरामा रहेका छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याइए पनि कार्यालय सहयोगी मात्र रहेका कारण राजस्व उठ्न सकेको थिएन ।
माथिल्लो तहबाट छोटी भन्सार सञ्चालनका लागि कुनै निर्देशन नआएको र आफूहरुले मात्रै निणर्य गरेर कार्यालय खुलाउन सक्ने अवस्था नरहेको जिल्ला भन्सार कार्यालयका कार्यालय प्रमुख राजेश दत्तले बताउनुभयो ।
मुख्य भन्सार नाका बाहेक सबै नाका बन्द छन् भने छोटी भन्सार कार्यालय तत्कालै सञ्चालनमा आउने अवस्था पनि छैन । सीमा क्षेत्रमा हुने गरेका तस्करीका सामान सुरक्षाकर्मीले नियन्त्रणमा लिएर जिल्ला भन्सार कार्यालयमै बुझाउने गरेका कारण पनि छोटी भन्सार कार्यालयको खासै काम पनि नरहेको कार्यालय प्रमुख दत्तले बताउनुभयो ।
छोटी भन्सार कार्यालयको क्षेत्रको बाटो भएर साना व्यापारीले सामान ल्याउने र ती कार्यालय बन्द हुँदा अधिकांशले राजस्व नतिरी जाने गरेका छन् । “राजश्व तिर्न नपाउदा सीमाक्षेत्रमा रहेका सुरक्षाकर्मीको आँखा छल्न चोर बाटो प्रयोग गर्न स्थानीय व्यक्तिलाई केही रकम दिनुपर्छ । तब मात्र सहज हुन्छ । त्रिभुवननगर सर्लाहीका सीमा नाकामध्यको सबैभन्दा चल्तीको नाका हो । सोनवरसा, सीतामाढीलगायत बजारसँग प्रत्यक्ष सम्बन्ध रहेको त्रिभुवननगरबाट दैनिक लाखौँको कारोबार हुने गरेको भए पनि सो नाकास्थित रहेको छोटी भन्सार कार्यालयका कर्माचारीले मासिक रु १०/१२ हजार मात्र राजस्व उठेको भन्दै जिल्ला भन्सार कार्यालयमा बुझाएपछि कर्मचारीको मिलेमतोमा भन्सार छली बढेको भन्दै कार्यालय प्रमुख दत्तले उक्त छोटी भन्सार कार्यालय पनि बन्द गरिदिनु भएको छ ।
छोेटी भन्सार कार्यालय बन्द हुँदा झोलेपोके तस्करको बिगबिगी बढेको सुरक्षाकर्मीको तथ्याङ्कले देखाउछ । चालू आवको चार महिनामा जिल्ला प्रहरीले करिब रु एक करोडभन्दा बढीको भन्सार छलीको सामान नियन्त्रणमा लिएर भन्सार बुझाएको थियो तर सुरक्षाकर्मीले नियन्त्रणमा लिएका सामानको मूल्याङ्कन बढी गर्ने र भन्सारले कम गर्ने गर्दा प्रहरी र भन्सार कार्यालयको तथ्याङ्क पनि नमिलेको पाइएको छ । मलङ्गवाको गोरखकाली नाकामा जिल्ला भन्सार कार्यालय रहेको छ ।
सर्लाहीको बलराको बलरा नाका भएर रातिको समयमा ५० भन्दा बढी भैसी, १५ देखि २० बटा मोटरसाइकलमा कपडाहरु, चिनी, खाद्यान्न सामग्रीहरु निर्वाध रुपमा आउने गरेको छ। सिमामा लगाइएको ढाँट सर्वसाधारणको लागि भएको तर साँझ परेपछि तस्करहरुको लागि ढाँट हटाएर तस्करी गराउनमा सुरक्षाकर्मीको साँठगाँठ तस्करसंग रहेको छ। सुरक्षाकर्मीको संलग्नतामा व्यापारीहरु मालामाल भइरहेको तर साधारण किसानले धानखेतीको लागि मल ल्याउँदा समातेर भन्सार बुझाउने गरेको कार्यबाट सर्वसाधारण पिल्सिनु परेको छ।
सर्लाहीको फेनहारा नाका भएर मकैया भने व्यक्तिले चिनी, चुलबुल साहले किराना, लखिन्दर रायले कपडा, अरवीन्द यादवले किराना मटर स्याउ, सुरेश यादव कपडा, तनविर पेट्रोलियम पदार्थको तस्करी गर्दै आएको छ भने बलरा नाकाबाट फटन यादवले भैसी, सन्तोष साहले कपडा, नागेन्द्र महतोले गिटी बालुवा ओसार्नेका छन्। केही व्यक्तिले सुरक्षाकर्मीको सहयोगमा व्यापक तस्करी गरिरहेका छ।सर्लाहीकै त्रिभुवननगर नाकामा भन्सार कार्यालय र नेपाल प्रहरीको मिलोमतोमा खुलेआम तस्करी भइरहेको छ। दैनिक लाखौको तस्करी निर्बाध हुने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0