NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

दाइजो नदिएको झोकमा आमा छोरीको हत्या

दाइजो नदिएको झोकमा  आमा छोरीको हत्या

राैतहट ।
रौतहटमा दाइजो नदिएको झोकमा आमा छोरीको हत्या गरेको मृत्कका माईती पक्षले दाबी गरेका छन् ।

राैतहट जिल्ला माैलापुर नगरपालिका वडा नम्बर- ४ पताैरामा २४ वर्षिया महिला र २ वर्षको वालिका मृत फेला परेका छन । २४ वर्षिया माला भन्ने कविता देवी र उनका २ वर्षिया छोरी आरुही कुमारी घर कै पंखामा झुन्डिएको अवस्थामा फेला परेको हो । दाईजो नदिएको झोकमा सम्पूर्ण परिवारको मिलोमतोमा आमा- छोरीलाई मारेर झुन्डाएको मृत्कका माईती पक्षको आरोप छ।

श्रीमान धिरेन्द्र साहबाट कहिले नगद कहिले पलङ्ग, कहिले सुनकाेऔठि र सिकडि माग हुदै दुबै जना बिच पटक- पटक बिवाद हुदै आएको थियो। मालालाई दाईजो कै निहुमा कुटपिट लगायत अपमान जनक व्यवहार हुदै आएको थियो ।

दहेजमा थप नगद सिकडी, औंठी नदिएको रिसमा आगो समेत लगाई निर्मम तरिकाले हत्या गरेको र हत्या गरी ससुरा नागेन्द्र प्रसाद साह, पति धिरेन्द्र साह तथा मृतककी सासु फरार रहेकोले निजहरुलाई तत्काल पक्राउ गर्नु पर्ने माईत पक्षको माग छ।

अपराधीलाई पक्राउ गरि कानुनको दयरामा ल्याई कडा भन्दा कडा सजाय दिन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
1
+1
2