NSW News

२ श्रावण २०८१, बुधबार
ENGLISH

धनुषाको एक वाडा अध्यक्ष घुस मुद्दामा बिशेष अदालतबाट पाए सफाइ

धनुषाको एक  वाडा अध्यक्ष घुस मुद्दामा बिशेष अदालतबाट पाए सफाइ

फाल्गुन ३० गते ।
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका– १३ का वडाध्यक्ष शुभनारायण मण्डलले सेवाग्राहीसंग घुस लिएको आरोप खेपिरहेका विशेष अदालतबाट सफाइ पाएका छन् । नागरिकता प्रमाणपत्रको सिफारिस गर्न घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनी विरुद्ध गत वर्ष आरोपपत्र दायर गरेको थियो ।

विशेष अदालतमा सुनवाइपछि उनलाई सफाइ दिइएको हो । विशेष अदालतबाट सफाइ पाएपछि मण्डलले नेपालको न्याय प्रणाली प्रति पहिलेदेखि नै विश्वास रहे पनि अब त्यो विश्वास झनै बढेको प्रतिक्रिया दिए । उनले भने, ‘नेपालको न्याय प्रणालीमाथि मलाई विश्वास थियो, त्यसैले आज म विशेष अदालतबाट सफाइ पाएको छुँ ।’

– जनकपुर टुडे डटकमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0