NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

धनुषाको औरहीमा कांग्रेस कार्यकर्ताद्वारा भोक हड्तालमा उत्रने चेतावनी

धनुषाको औरहीमा कांग्रेस कार्यकर्ताद्वारा भोक हड्तालमा उत्रने चेतावनी

मंसिर ४ गते
जनकपुरधाम  :  धनुषाको औरही नगरपालिकाका कार्यकर्ताले वडा अधिवेसनमै धाँधली भएको भन्दै बिरोधमा उत्रेका छन् । उनीहरु अहिले कांग्रेसको जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा रिले अनसनमा बसेका  छन् ।

औरही गाउँपालिकाको वडा नम्बर १ मा धाँधलीपूर्ण तरिकाले पदाधिकारीको चयन गरिएको भन्दै उनीहरुले रिले अनसन शुरु गरेका छन् । नेतृत्वले आफूहरुको माग सम्बोधन नगरे भोक हड्तालमा उत्रने चेतावनी दिएका छन् ।

‘यथार्थ कार्यकर्तालाई वाइपास गरी पदाधिकारी चयन गरिएको छ’ पार्टीका युवा नेता जगदीश चौधरीले भने, ‘जुन धाँधलीपूर्ण काम गरिएको छ, त्यसलाई बदर गर्नु जरुरी छ ।’

उनले धाँधलीपूर्ण काम बदर नगरिए आफूहरु भोक हड्तालमा उत्रने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0