NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

धनुषाको हँसपुर नगरपालिकाले पिडित किसानलाई राहत दिने मेयर मण्डलको घोषणा

धनुषाको हँसपुर नगरपालिकाले पिडित किसानलाई राहत दिने मेयर मण्डलको घोषणा

 

कात्तिक ७ गते।

जनकपुरधाम : धनुषाको हँसपुर नगरपालिकाका किसानलाई राहत दिने भएको छ । १ र २ गते बेमौसमी वर्षाका कारणले धावाली र तरकारीहरुमा क्षति भएका किसानलाई हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मंडलले राहत दिने घोषना गरेको हो । हँसपुर नगरपालिका अन्तर्गतका धावाली र तरकारीहरुमा क्षति भएका किसानलाई राहत दिने मेयर मंडले बताएका हुन् । मेयर मण्डलले राहत दिनका लागी नगरपालिकाले सुचना समेत जारी गरिसकेको छ । अन्नवालीमा क्षति भएका किसानलाई ९ वटा वडाकै तीन दिन भित्र जग्गाको क्षेत्रफल, जग्गाधनीको लालपुर्जा सहितको कागजात, फोटो, लगायतको विवरण नगरपालिकामा उपलब्ध गराउन उनले आग्रह गरेका हुन । अविरल वर्षाका कारण भएको बालीनालीको क्षतिप्रति हंसपुर नगरपालिकाको गंभिर ध्यानाकर्षण भएको छ ।
विरल वर्षाले गर्दा किसानहरुलाई बालीनालीमा भारी क्षति भएको मध्यनजर गर्दै नगरपालिकाले किसानहरुलाई राहत दिने घोषना गरेपछि मेयर मंडलको चौतर्फी प्रशंसा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0